-जमुना कायस्थ

१.मुक्तक
दुष्टले खराबीमा सम्मान राख्दै हाँस्छ मान्छेहरु
फटाह जिब्रोले गुनगान भाक्दै हाँस्छ मान्छेहरु
गरीबको खिस्सी उडाउने आफै हतोत्साही हुन्छ
अभाब बिपत्ति खडेरी पर्दा भाग्दै हाँस्छ मान्छेहरु।

२.मुक्तक
मृत्यु पछि आँसु झार्नु नै मायाँ मान्दिन
शोक सभा ,ढोंग गर्नु नै मायाँ मान्दिन
फुर्क्याउने छलि लाई मायाँ वास्ता भनि
दोष र तिरस्कार भर्नु नै मायाँ मान्दिन।

३.मुक्तक
जति जति बिर्सन खोज्छु ति दिन
झन यादले सताउछ नि छिनछिन
हृदयमा नियाल्छु हरेक पलहरुमा
प्रितको आभास हुन्छ नि अभिन्न।

४.मुक्तक
सबैले भन्ने गर्छन् संसार दुःखद बाटो हेर भनेर
सबकासब त अन्योलमा रहेछन् लाटो हेर बनेर
रंगमञ्च जस्तो लाग्छ,शायद क्षणिकको शैलमा
सम्यमता गुमाएकाहरु सुखद छ पाटो हेर गनेर।

५.मुक्तक
न्याय खै ? ग‍ोहार कस्ले दिने ? रातदिन यस्तै छ
सुन्न देख्न पर्ने हो कहिले सम्म हरछिन खस्तै छ
सत्तामा मस्त जीवन सतकर्म खोजीमा सबै छन्
हारेका छोरीचेली अत्याचारले ब्रम्हलिन उस्तै छ।

प्रतिक्रिया

सम्बन्धित खवर