-अमर सन्तती

१,
पूर्ण होस्  सबै , अभाव नपरोस्
स्वतन्त्र रहनु सधैँ दवाव नपरोस्
प्यारो मान्छेको कामना छ  यही
नहोस् कुनै चिन्ता तनाव नपरोस्

२,
बगाईएको  पाँगोजस्तै  भयो  जिन्दगानी
सल्किएको आगोजस्तै भयो जिन्दगानी
जति प्रयास  गरेपनि  सकिएन  सँगाल्न ,
अल्झिएको धागोजस्तै  भयो जिन्दगानी ।

३,
हृदयको तस्बिर त्यो  छुनु  बाहेक  के  छ ?
आफैँदेखि आफैँ पीडित हुनु बाहेक के छ ?
पलपल  यादहरुले  पिरोलिँदा  बिछोडमा
तड्पिएर  एकान्तमा  रुनु  बाहेक  के  छ ?

४,
न आइदेन पिरोलेर तीता  मीठा  यादहरु
पलपल  सताउछस् , भनिदेन म  के  गरुँ ?
पिरोलेर आउछस् , छिरोलेर जान्छस् सधैँ
गइदेन क्षितिजपारी लाख बिन्ती गर्छु बरु

५,
मैँले पनि बिर्सिएथेँ  आफ्नै त्यो विशेष  दिन
सम्झाई दियौ अकस्मात आज तिमीले किन ?
मन  हाँस्दा आँखा रोए ,बढेछ कि  हर्ष  कतै
तिम्रो माया देख्दा मलाई खै के भो एकैछिन !

***

प्रतिक्रिया

सम्बन्धित खवर