भूमिराज पौडेल

प्रिय,वास्तवमा प्रेम भनेको जीवनको भावनात्मक शब्द हो, तर यसलाइ शब्दमा परिभाषित गर्न असम्भव छ अनि उचित पनि हुदैन। जसरी हामिले हावामा उडिरहेका फुलहरुका सुगन्ध देख्न सक्दैनौं अनुभव गर्न सक्छौ त्यस्तै प्रेम पनि एक भावना हो। विभिन्न बैज्ञानिक, दार्शनिक, उपन्यासकार, भिक्षु, मनोबैज्ञानिकहरूका अनुसार प्रेम को परिभाषा फरक- फरक रहेको छ। तिमीलाइ थाहा नै होला। प्रेम आकास जस्तै अनन्त छ, जसको कुनै सिमा नै छैन। प्रेम का कुरा हर कोहिले गर्छन तर यसलाइ बुझ्ने कम नै भेटिन्छन।
प्रिय आज म फेरि पनि तिमीलाई दोश्रो पटक पत्र लेख्दै छु।तिम्रो प्रेम मैले बुझ्न सके या सकिन त्यो मलाइ थाहा भएन, किनकी प्रेम त उमेर अनुसार फरक हुदो रहेछ।तिम्रो प्रेम त मलाइ मदिरा जस्तो लाग्यो।तिम्रो प्रेम मा म लठ्ठ भए।अर्धबेहोस भए।तिम्रै झ-झल्को मा हराएर दुनियाँ सग बेखबर भए। सोच त के गरिन तिम्रो प्रेम पाउँदा? मदिरा भन्दा पनि कडा हुदो रैछ नि तिम्रो प्रेम को मात ।मदिरा त पिउन छोडेपछि लाग्दैन तर तिम्रो प्रेम को मदिरा त एकपटक खाएको थिए अनि अहिले छाडे पछि पनि बारम्बार तिम्रै याद ले बल्झाउदो रहेछ।
सायद प्रेम लाइ बन्धन पनि भन्ने गर्छन क्यारे! त्यसैले होला मलाई तिम्रो प्रेम को बन्दन ले बेला बेला मा बल्झाइरहन्छ। अनि अर्को कुरा, प्रेम बन्धन भएर पनि कति प्रिय अनि कति लोभलाग्दो । मान्छे सबै बन्धन बाट उम्कन चाहान्छ तर प्रेम को बन्धन मा बाधिन चाहान्छ।फूलमा भएको सुगन्ध लाई जतिसुके च्यातेर फाले पनि सुगन्ध चुडाउन सकिदैन त्यसैगरी प्रेम को अदृश्य बन्धन पनि चुडाउन नसकिने हुदो रहेछ।

तिमीले हामी छुटिनुभन्दा १०/१५ दिन पहिले तिम्रै हात ले चिठी लेखेर अब हामी प्रेम मा रहन सक्दैनौं भन्दा मैले बि.स २०७२ साल को महाभुकम्प आएको जस्तो धक्का महसुस गरेको थिए।त्यसैले भन्ने गर्छु तिम्रो प्रेम बुझ्न सकिन।
तिम्रो प्रेम मा म यति धेरै भिजेको थिए कि तिमी “तिमी” नै थिइनौ मेरो प्रेम थियौ।प्रिती आले ले भनेजस्तै मेरो नसा नसा रगत मा थियौ, तर जब तिमी गयौ तिम्रो प्रेम सँगै म पनि सति गए अथवा मेरो नसा नसा रगत मा तिम्रो प्रेम पुग्न सकेन,अनि भन्ने गर्छु मदिरा जस्तो तिम्रो प्रेम। तिम्रो प्रेम जस्तै मदिरा पनि खाएपछि नसा नसा मा पुग्छ। आखिर तिम्रो प्रेम को अर्को उपनाम यहि मदिरा नै रैछ क्या।
तिमी मेरो पहिलो प्रेम थियौ म तिम्रो पहिलो दोश्रो कुन थिए त्यो तिमीलाई  नै थाहा होला तिमी मेरो पहिलो प्रेम हुदा म प्रत्येक  दिन लाई भ्यालेनटाइन डे भन्दा बढी महत्त्व दिएको थिए। हिजो हामीले बिताएका रमाइला स्थान आज मरुभूमि झै निरास र उजाड बनेका छन् । मुटु फुटाउने छाती भकानिने पल हरु बनेका छन। प्रेम ले भिज्ने आँखा हरु आज त्यही तिम्रो प्रेम को सम्झना मा रुने गरेका छन।हिजो तिम्रो माया,साथ,सल्लाह सेवन गरेका यी नसाहरु ले आज प्रेम कै कारण मदिरा सेवन गरेका छन,अनि भन्न बाध्य हुन्छु मदिरा जस्तो तिम्रो प्रेम।
तिमीले लेखेर दिएको प्रेम पत्र मैले आज पनि जतन साथ राखेको छु। तिम्रो सुन्दर औला बाट कालो मसिले लेखेका ती अक्षर हरु समयको अन्तराल ले फिक्का पारिदिएता पनि यादहरु भने गाढा छन।
हुन त तिमीलाई मेरो माया नलाग्ने पनि होइन। मलाइ तिम्रो माया नसा बनेर लाग्यो, तर मेरो माया तिमीलाई माया नै बनेर लाग्यो। समय र परिस्थिति ले तिमीलाई त्यस्तै बनायो ।परिवार को खुशीको लागि मलाइ त्याग्नु पर्यो, तर पनि केही छैन। म त तिम्रो छाया मा नै मेरो जिन्दगी समर्पित गर्न चाहान्थे।हाम्रो प्रेम को फुलवारी रङ्गिचङ्गी बनाउन चाहान्थे। प्रेम का फुलवारी मा भएका कोपिला हरुको अनुराग फक्रीयोस् र सबत्र अनुराग छरोस् भन्ने मेरो कामना थियो, तर आज यी सबै सपना हरु बन्द कोठा भित्र छरपस्ट भएका छन।
प्रिय म जस्तो थिए तेस्तै छु तिमी जस्ती थियौ तेस्ती रहिनछौ, किनकी यहाँ भनाइ र गराइ मा फरक हुदो रहेछ।हुन त मैले म जस्तो थिए त्यस्तै छु भन्दा तिमीलाई आफैँले आफैँलाई मपाइँ भनेको जस्तो लाग्ला तर होइन। म त अझै पनि तिमीलाई तिमीले बुझ्न सक्ने जति,तिमीले लिन सक्ने जति,आफ्नो हृदय मा समेट्न सक्ने जति,मुहार मा मीठो मुस्कान फलाउन सक्ने जति प्रेम गर्छु। तिमीलाई हेरेर कहिल्यै नथाकेका यी निर्दोष नयन हरु तिम्रो स्पर्श बोकेर आउने बतास हरु लाई अझै पनि साँची राखेर भन्छु, तिम्रो जीवन मा हर्ष उमंग पोखेर म भित्री हृदय देखि नै तिमीलाई निस्वार्थ प्रेम गर्छु।
तानाशाह हिटलर ले भनेका छन् “प्रेम होइन युद्द गर्नुहोस” युद्ध मा तपाईं कि मर्नु हुन्छ कि बाँच्नु हुन्छ । तर प्रेम मा तपाईं न बाँच्नु हुन्छ न मर्नु हुन्छ नै।हो त्यस्तै बनाइयो मलाइ तिम्रो प्रेम ले पनि।मन जोड्ने देखि महल जोड्ने सम्म को सपना बोकेका हामी आज सम्बन्ध टुटाएर बसेका छौ।सम्बन्ध मात्रै टुटेको होइन, मन पनि टुटेको छ। मुटु भकानिरहेको छ। आँखा रसाएका छन् । जसरी देश बाट परदेश पठाउदा बिदाइ का हात हल्लाउँदा आँखा रसाउछन्। ठ्याक्कै त्यस्तै भएको छ।मात्र बेदना र रोदन फरक हो ।
अहिले तिम्रो जीवन के कस्तो छ मलाइ थाहा छैन तर म भने विवश भएको छु। मन भरी पीडा को भारी बोकेको छु। तिमीले बेला बेला पठाएका पत्र हरु संगालेर राखेको छु।
आजकल त जीवन का पानाहरु पनि सुन्य भएका छन। रंगिन सपना देख्न छोडेको छु। हृदय मा तिमीलाई सजाउन त भाग्य चाँहिदो रहेछ । तर म अभागी न परे। हुन त एक भएका लाई समय चक्र ले छुटाउछ, मुनामदन लाइ छुट्याए जसरी। त्यसैले मेरो केही गुनासो छैन अनि केही दु:ख पनि।

प्रिय, आजकल मेरो जीवन जे जस्तो छ आनन्द र मुक्ती ले भरिपुर्ण छ।तिमीले छाडे पनि बाआमा को काख मा छु। कुनै चिन्ता
छैन, तनाब छैन, एक एक क्षण जीवन को गित गाउन योग्य भएका छन् । मैले हिडेको जीवनको बाटो भाग्यले कोरिदिएका छन् । ती भित्रका स-साना शब्द हाँसोको कारण बनेर म रमाएको छु ।

तिम्रो अभावमा मैले बिताएका रात,मेरा चिन्तन,मेरा विचार अनि मेरा भावना समय मिल्यो भने अवस्य सुनाउला। यो जिन्दगी तिमीले मलाई समर्पण गर्न नसके पनि अर्को जिन्दगी तिमीले भन्दा पहिला म तिमीलाई नै समर्पण गरुला। प्रेम ले मानिस लाई परिवर्तन गराउँछ भन्ने गर्थे तर साँच्चै गराउने रैछ मदिरा भन्दा पनि कडा रहेछ तिम्रो प्रेम को मात
एक पटक मताएपछी बारम्बार मताएको छ धन्यवाद……

उही तिम्रो
भूमिराज पौडेल
***

प्रतिक्रिया

सम्बन्धित खवर