काठमाडौँ – उपन्यासकार राजु अधिकारीको उपन्यास ‘धुवाँको तस्बिर’प्रकाशित भएको छ। कथा र उपन्यास लेखनमा सक्रिय लेखक अधिकारीले आफ्नो दोस्रो उपन्यास प्रकाशित गरेका हुन् ।

विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यस उपन्यासमा पनि मानव मनोविज्ञान र रहस्यमा आधारित रहेको बताइएको छ।

विगत दुई वर्ष भन्दा बढी समय देखि नेपालमा इ-बुकहरूको प्रकाशन, बिक्री वितरण र प्रवर्धन गरिरहेको थुप्रै प्रकाशनले यो उपन्यास पनि इ(बुक को रुपमा बजारमा ल्याएको हो।

यो उपन्यासमा सफल र आरामदायी जीवन बिताइरहेको एक युवा आफ्ना इच्छा, उद्देश्य र महत्वाकांक्षाहरू जीवनको वास्तविकतासँग बाझिन जाँदा कसरी आफ्नै सोचको द्वन्द्वमा फस्न पुग्छ र त्यसबाट उम्कन के गर्छ भन्ने कुरा रहस्यात्मक रुपमा प्रस्तुत गरिएको छ।

उपन्यास चीनको आर्थिक केन्द्र साङ्घाईको सेरोफेरोमा घुम्छ। उपन्यासमा साङ्घाईमा बस्ने विदेशीहरूको जिवन र चीनमा विगत दुई दशकमा भएका सामाजिक र आर्थिक परिवर्तनको बारेमा पनि रोचकरुपमा प्रस्तुत गरिएको छ।

उपन्यास थुप्रै डट कम को वेबसाइट र मोबाइल एपमा इ(बुकको रुपमा संसारभरी उपलब्ध रहेको प्रकाशकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर