चितवन – ओम कार्की साहित्य प्रतिष्ठानकाे ब्यानरमा साहित्यकार कवि अजित उत्सवकाे कृति आकाशगङ्गाकाे किनार ” काे कृति समीक्षा र विमर्श भएकाे छ । गत शनिबार चितवन साहित्य परिषदकाे सभाहलमा सम्पन्न साे कृति विमर्श कार्यक्रमकाे आयाेजना ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले गरेकाे थियाे ।
वरिष्ठ साहित्यकार एल. वि. क्षेत्रीले कृति भित्रका शब्द, भाव र धारणा समेतलाई निर्मम विमर्श गर्नुभएकाे हाे । कृतिकारकाे कविता वाचन र विमर्शकार वरिष्ठ साहित्यकार क्षेत्रीले गर्नुभएको विश्लेषणात्मक विमर्श र वाचनले उर्जाप्रदान गरेको थियो । साे कार्यक्रमकाे सभाध्यक्षता प्रतिष्ठानकि अध्यक्ष अम्विका कार्कीले गर्नुभएको थियाे । सिम्रन क्षेत्रीले स्वागत गर्नुभएको सभालाई अविरल यात्रीले सहजीकरण गर्नुभएको थियाे ।

कृतिले समाजमा व्याप्त विभेदकाे उजागर गर्नुकाे साथै पार्टी र नेताहरुकाे राजनीतिक विकृतपूर्ण मनाेविज्ञन र नेपाली समाजले आशा र भराेशा माथि देखिएकाे कालाे वादल भित्र कथा र त्यसले दिनुपर्ने विचार र प्रतिफलकाे आकाशगङगालाई शव्दमा भावहरु कृति बनेर पाेखिएका छन् ।
प्रतिष्ठानको सल्लाहकार समेत रहनुभएका कृष्ण खनालले कार्यक्रममा खुसी व्यक्त गरे ।
आफ्ना लालावालाकाे लालनपालन र सुनाैलाे भविष्यकाे कल्पना पूरा गर्ने कार्यमा जुट्दै गर्दा माओवादी द्वन्द्वका कारण तत्कालिन समसयमा ३३ वर्षिय प्रहरी ओम कार्कीले साहदत प्राप्त गरे । उनै ओमकी पत्नी अम्बिका कार्कीले गत वर्ष उनको स्मरणमा ओम कार्की साहित्य प्रतिष्ठान गठन गरिन् । प्रतिष्ठानले कला, साहित्य र संस्कृतिकाे सँरक्षण र उत्थान गर्ने उद्देश्यले स्थापित साे प्रतिष्ठानकाे ब्यानरमा यो कार्यक्रम भएको हो ।
प्रतिक्रिया
-
४
