पोखरा – कवि लिली अधिकारीको कविता संग्रह ‘पहराको फूल’ बिमोचन भएको छ । पोखरामा एक कार्यक्रमका बीच बरिष्ठ साहित्यकार सरुभक्तले उक्त पुस्तक बिमोचन गरेका हुन् ।

सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी शाखाले आयोजना गरेको उक्त कार्यक्रममा बरिष्ठ कवि एवम् प्राज्ञ रमेश श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्यराज ढकाल, सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीबित खड्का मगर र बरिष्ठ उपाध्यक्ष अजित उत्सव, कृतिका समिक्षक डा. बिन्दु शर्मा लगायतको उपस्थिती थियो ।

प्रतिष्ठानका गण्डकी शाखा अध्यक्ष शम्भु अर्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रतिष्ठानकै केन्द्रिय सदस्य सुत्रिा पौडेल सुमीले सञ्चालन गरेकी थिइन् ।

पोखरामा रहेर अध्यापन र साहित्य लेखनमा लामो समय देखि सकृय लिली अधिकारीको यो पहिलो कृति हो ।

सो अवसरमा यस कृतिमा संग्रहित कविताहरु अब्बल रहेको र पोखराले एउटा होनाहार कवि लेखक जन्माएकोमा आफुलाई गर्व लागेको बरिष्ठ कवि प्राज्ञ रमेश श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर