कवि तथा गीतकार दीपा मेवाहाङ राईको ‘फूल जस्तो मुस्कान तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ ।
नेपाली साहित्य क्षेत्रमा कलम चलाइरहेकी राईको शब्द रहेको गीतमा लोकप्रिय गायकद्वय उदय सोताङ र मनिला सोताङले स्वर भरेका छन् । गीतमा सङ्गीत पनि गायक सोताङकै रहेको भने कृष्ण लिम्बुले गीत एरेन्ज गरेका छन् ।
गीतले माया र प्रेम विश्वासको प्रतीक हो, प्रेममा एक अर्काप्रति समर्पण हुनुपर्छ भन्ने सन्देश दिने गीतकार राईले बताइन् ।
गीतकार राई हाल वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरियामा छिन् ।
प्रतिक्रिया
-
४
