काठमाडौँ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स)को भाषा साहित्य समितिले उनको व्यक्तित्व र कृतित्वको विषयमा विचार विमर्श आयोजना गरेको छ ।
भर्चुअल आयोजित कार्यक्रममा प्रा डा महादेव अवस्थीले देवकोटा आफ्नो कृतिले नै नेपाली साहित्य क्षेत्रमा अहिलेसम्म अजर अमर रहेको विचार व्यक्त गरे । समितिका अध्यक्ष डा जानुका नेपालले कृतिले नै व्यक्तिलाई अमर बनाउँछ भन्दै देवकोटाले नेपाली साहित्यमा थुप्रै कालजयी रचना सिर्जना गरेको बताए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष अर्जुन घिमिरे, महासचिव अर्जुन श्री, साहित्यकार रेनुका सोलु, रोमकान्त सापकोटा, चैतन्य अधिकारी, शेषकान्त पण्डितलगायतले देवकोटा नेपाली साहित्य विलक्षण प्रतिभासहितको साहित्यकार भएको विचार व्यक्त गरे ।
विसं १९६६ कात्तिक २७ गते लक्ष्मी पूजाको दिन काठमाडौँको डिल्लीबजारमा जन्मिएका देवकोटाको विसं २०१६ भदौ २९ गते निधन भएको थियो ।
प्रतिक्रिया
-
४
