काठमाण्डौ – बालिका थपलियाद्धारा लिखित पुस्तक प्रेमपत्र सङ्ग्रह ‘प्रियदर्शन’ बजारमा आएको छ ।

पुस्तक प्रियदर्शन भित्र बाइस हजार शब्दको एउटै प्रेमपत्र समेटिएको छ । विशेष गरी प्रेमको विषयबस्तुमा कलम चलाउन चाहाने बालिकाको विशेषतालाई प्रस्तुत कृतिले अझ प्रष्ट पारेको छ । पाठकहरू पनि बालिकाले प्रेमकै बारेमा लेखेको बढी मन पराउँछन् ।

“अहिलेको पुस्ताले प्रेमपत्र लेख्न बिर्सिएको छ । प्रविधिले मान्छेको मन्लाई साँघुरो बनाइरहेको छ । यसलाई जीवन्त राख्न आफूले किताब लेखेको हुँ ।” पुस्तकका बारेमा सेतोमाटोसँग लेखिका बालिकाले बताईन ।

उनको विचारमा प्रेम लेख्न सकिने विषय होइन् । चित्रमा, शब्दमा र भावनामा कतै पनि यसलाई अटाउन सकिन्न । मान्छेको जीवनमा प्रेमले पार्ने प्रभाव र यसको महत्व लेखन मार्फत दर्शाउनु लेखकको उद्धेश्य हो ।

लेखकको विचारमा ‘प्रेम अनन्त छ । शारीरिक प्रेम क्षणभङगुर हुन्छ तर आत्मिक प्रेम जुनसुकै उमेरमा पनि हुन्छ । प्रेम नै सृष्टिको उपज हो ।’ प्रस्तुत पुस्तक प्रियदर्शनमार्फत बालिकाले आफू नितान्त प्रेम लेखक भएको स्वीकारेकी छिन् ।

प्रिय दर्शन उनको पहिलो आख्यानात्मक कृति हो । पाँचपोखरी प्रकाशन गृहले प्रकाशन गरेको प्रस्तुत किताबको मूल्य २५० रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर