काठमाडौं- गजलकार तथा गीतकार जितेन्द्र बानियाँको पहिलो कृति गजल सङ्ग्रह ‘देशको ऐना’ सार्वजनिक भएको छ । जनगायक रामेश श्रेष्ठले एक समारोहकाबीच उक्त पुस्तक सार्वजनिक गरेका हुन्।

काठमाडौं बौद्ध चुच्चेपाटीमा रहेको ज्योति पार्टी प्यालेसमा ओखलढुङ्गा कला साहित्य समाजको दोस्रो अधिवेसनमा बानियाको गजल संग्रह लोर्कापण गरिएको हो।

लोर्कापणपछि कृतिमा टिप्पणी गर्दै रामेशले देशको ऐनाले वास्तवमै देशको यथार्थ चित्रण गरेको र वर्तमान राजनीति, सामाजिक विकृतिमा तिखो व्यंग्य प्रहार गरेको बताए।

त्यसैगरी, ओखलढुङ्गा कला साहित्य समाजका अध्यक्ष गम्बु शेर्पाले यो गजल संग्रह प्रवासमा रहने नेपालीको मात्र आवाज नबोलेर सम्पूर्ण नेपालीको प्रतिनिधि आवाज भएको बताए।
संग्रहमा ५९ वटा गजल समेटिएको छ। एसपी प्रकाशन प्रालिले बजारमा ल्याएको देशको ऐनाको मूल्य २०० रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर