जापान – राष्ट्रकविको जन्मजयन्तिको अवसर पारेर अनेसास जापान च्याप्टरले आईतबार साहित्य वाचन कार्यक्रम गरेको छ । च्यापटरले आफ्नो नियमित ५९औँ साहित्य शृङ्खला समेत समेटेर जन्मजयन्ति मनाएको हो ।
संस्थाका अध्यक्ष गिरिजा गैह्रेको सभापतित्व तथा बोर्ड अफ ट्रस्टिज अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, प्रमुख वक्ताका रुपमा तथा विशिष्ट अतिथिका रूपमा प्राध्यापक, लेखक तथा समालोचक महेश पौडेल उपस्थित थिए ।
संस्थाका पूर्व अध्यक्षहरू बेलुकाजी थापा, आलोक चालिसे, विष्णु प्रसाद घिमिरे, दीप पाठक, बोर्ड अफ ट्रस्टी सदस्य गृष्मा पौड्याल, कवि तथा वरिष्ठ मूर्तिकार मन्जुल मितेरी, एनआरएनए जापानका अध्यक्ष शीव प्रसाद पौडेल, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, साहित्यिक चौतारी जापानकी अध्यक्ष विन्दा पराजुली, संस्थाका सल्लाहकार धिशण निरौला लगायत पनि उपस्थित थिए ।
कार्यक्रमका प्रमुख वक्ता तथा विशिष्ट अतिथि महेश पौड्यालले राष्ट्र कवि माधव प्रसाद घिमिरेका नखुलेका विविध पाटाहरू तथा उहाँका कृतित्व तथा व्यक्तित्वमाथि चर्चा गरे । तेस्तै अनेसासको केन्द्रीय कार्यसमितिले राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्मान तथा सम्झनामा विविध कार्यक्रम तथा योजनाहरूको बारेमा र संस्थाका विविध पाटाहरूका बारेमा संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला तथा बोर्ड अफ ट्रस्टिज अध्यक्ष गीता खत्रीले प्रकाश पारे ।
राष्ट्रिय गान बजाएर उद्घाटन गरिएको कार्यक्रममा उपस्थित अतिथि तथा सर्जकहरूलाई संस्थाका सदस्य राजेन्द्र पौडेलले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारे । सर्जकहरू सुजाता शर्मा, लासेमी केरूङ, आलोक चालिसे, विष्णु प्रसाद घिमिरे, बिन्दा पराजुली, गृष्मा पौड्याल, के.बी. पारखी, दिपा घिमिरे, मन्जुल मितेरी , शीव प्रसाद पौडेल, शरद पोख्रेल, राजेन्द्र पौडेल, सविना रेग्मी, अरूण पौडेल, दीप पाठक लगायतका सर्जकहरूले आ आफ्ना सिर्जनाहरू वाचन तथा शुभकामना प्रदान गरे ।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथि तथा सर्जकहरूमा धन्यवाद व्यक्त गर्दै सभापति गैह्रेले कार्यक्रमको समापन गरे । करिब ३ घन्टा चलेको कार्यक्रमलाई संस्थाका महासचिव रबिन शर्माले गरेका थिए ।
प्रतिक्रिया
-
४
