टोकियो जापान – कथाकार सुजन वैरागीद्वारा लिखित कथासङ्ग्रह ‘रित्तो हात’ गत अगष्ट ९ शनिबार टोकियो जापानमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

अनेसास जापान च्याप्टरले आयोजना गरेको रित्तो हातको जापान लोकार्पण कार्यक्रममा एनआरएनए जापानका नबनिर्वाचित अध्यक्ष, उपाध्यक्ष लगाएत साहित्य प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

रामेछापका सर्जक वैरागी विगत दुई दशकदेखि साहित्य र पत्रकारितामा हुनुहुन्छ । २०६७ सालमा मुक्तक संग्रह ‘पर्खाइका पलहरू’ प्रकाशित गर्नुभएकाे वैरागीका ‘पल्लवी रातहरू’ संयुक्त कृति प्रकाशित भइसकेको छ। उहाँले ‘रुमानी’ साहित्यिक पत्रिकाका कार्यकारी सम्पादक, उर्वरा मासिक पत्रिकाको प्रधान सम्पादक, मुक्तक माला, ईरादा जस्ता विभिन्न पत्रिकाको सम्पादकको भूमिका सम्हालनु भएको छ ।
अमेरिकाको डाइनामिक बुना इन्क र ब्लाइन्ड कोर्प द्वारा प्रकाशित ‘रित्तो हात’ मा १९ ओटा विविध यथार्थवादी कथा समेटिएका छन्।

***

प्रतिक्रिया

सम्बन्धित खवर