
काठमाडौं । साहित्यकार, याेगगुरु तथा प्राकृतिक चिकित्सक मानसाग्नि (डा. हरिप्रसाद पोखरेल)को निबन्धकृति ‘चैतन्यबोध’ एक कार्यक्रमबीच काठमाडौंमा सार्वजनिक भएकाे छ । वरिष्ठ समालाेचक प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा, सभाध्यक्ष समालाेचकहरू प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिला तथा समालाेचक महेश पाैड्लयालले उक्त कृति लोकार्पण गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. भट्टराईले पूर्वीय दर्शन, वेद वेदाङलाई पठनीय निबन्धका रूपमा यस निबन्ध संग्रहमा प्रस्तुत गरिएको बताए । उनले यस कृतिले पूर्वीय चेतनालाई प्रकाशमा ल्याएकोमा खुसी व्यक्त गर्दै रसपूर्ण पुस्तक भएको उल्लेख गरे ।
प्रा.डा. हेमचन्द्र नेपालले कृतिमाथि पाठकीय मन्तव्य राख्दै निबन्धकृतिमा दार्शनिक निबन्धहरूको सँगालो भएको बताए । कृृतिले सूक्ति जस्ता लाग्ने गहन अभिव्यक्तिमार्फत सबैलाई प्रेरणा दिने उनकाे ठहर थियाे ।
प्रा.डा. गौतमले यस कृतिका निबन्धहरूले स्वयंलाई चिन्मन मद्दत पुर्याउने बताए । निबन्धकार मोमिलाले मानसाग्निभित्र ज्ञान र अनुभवकाे अथाह काेश रहेलैले उनका लागि निबन्ध जस्ताे निर्बन्ध विधा सटीक रहेकाे टिप्पणी गरिन् ।
उक्त अवसरमा प्रा.डा. कोइरालाले पूर्वीय दर्शन अध्ययन गर्न चाहनेहरूका लागि एउटा उत्कृष्ट पुस्तक बजारमा आएको भन्दै कृतिमाथि आफ्नो धारणा राखे । उनले भने, दर्शनका व्याख्याता थुप्रै रहेकाे परिप्रेक्षमा मानसाग्निकाे कृतिकाे वास्तविक मूल्य त्यसभित्र रहेकाे निबन्धात्मकताकाे गुणले निर्धारण गर्ने बताए ।
कृतिकार मानसाग्निले आफू केवल दर्शक भएकाे र आफूले देखेकाे कुरालाई अभिव्यक्ति दिने प्रयास गरेकाे बताए ।
कृतिलाई पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको कृतिको मूल्य रु. ५२५ रहेको छ ।
प्रतिक्रिया
-
४