दक्षिण कोरिया – स्रष्टा जिवन भण्डारीले दक्षिण कोरिया प्रवेश गरे पश्चात आफ्नै शब्द र संगीतका दर्जन गितहरू रिलिज गरिसकेका छन् । उनी गजलकारबाट, गीतकार बनेका छन् । यसै मेलोमा ‘बर्खे खोलेले’ गीत पस्किएका छन् ।

यस गीतमा आवाज भर्ने काम विष्णु डुम्रेले गरेका छन् । अमेरिकामा बस्ने विष्णुले टेक्सासको अमेरिकन स्टुडियोमा नै गीत रेकर्ड गरेका थिए । छायांकन भने स्याङ्जाको वालिङ बजार र ऑधिखोलाको आसपास गरिएको थियो । मोडलमा थानम कोयल र नम्रता न्यौपाने रहेका छन् । डाइरेक्टरमा राजेश भण्डारी रहेका छन् । गीतको एरेन्जको काम याम थापा मगरले गरेका थिए । चर्चित गीत मकैबारी दर्याम दर्यामका एरेन्जर याम थापा अहिलेका हिट एरेन्जर हुन ।

जिवन भण्डारीको सन्, २०१८ मा राहत गजल सङ्ग्रह प्रकाशन गरेका थिए । साथै उनी शब्द र संगीतको सिढी पनि चढीरहेका थिए । गुल्मीको कालिगण्डकी -२ भयकोटमा जन्मेका जिवनले लगातार साहित्य लेखन यात्रा र गीति यात्रा अघि बढाइरहेका छन् । सर्जक जिवन भण्डारीका शब्द/संगीतका गीतहरू ,”माया गरिदेऊ”, “जुगै जाने पिरती”, “तिम्रो घर हो मेरो यो दिल”, “फरर डोरी”, “घर सम्हाल”, “मायाको जोवान”, ‘कैलेसम्म टिक्ने होला’, लाऊ माया, जुनी जुनीलाई, मुलको पानी हुँदै बर्खे खोलाले भन्ने गीतहरू बजारमा आएका छन् ।

भिडियोको लागि लिङ्क

प्रतिक्रिया

सम्बन्धित खवर