बिराटनगर – वैज्ञानिक डा. महाविर पुन बिराटनगरमा सम्मानित भएका छन् । गत शनिबार नोवेल साकोस साहित्य संस्था विराटनगर शाखाले विराटनगरमा आयोजना गरेको नियमित रचनावाचन कार्यक्रम डा. महावीर पुनलाई सम्मान गरेक‍ हो ।

नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाले रचनावाचन कार्यक्रम पनि गरेको थियो । विराटनगर स्थित दाहाल प्रतिष्ठानको सभा हलमा वरिष्ठ कवि तथा साहित्यकार विराट साहित्य संगमका अध्यक्ष मधु पोख्रेलको प्रमुख अतिथ्यमा उक्त कार्यक्रम भएको हो । मन्जु घिमिरे दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुन, वरिष्ठ कवि बलराम पोखरेल, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष तथा समालोचक बाबुराम पोखरेल, लेखक तथा अनुसन्धानता केशु विरही, वरिष्ठ कवि तथा समालोचक हरि कट्टेल, शिवनारायण मण्डल लगायतका व्यक्तित्वहरू रहनुभएको थियो। उक्त कार्यक्रममा कवि गोपाल निर्भिक, कवि प्रमोद ढकाल प्रिन्स, मुक्तककार नवराज पोखरेल नवशिला, कवि भूपाल अधिकारी, मुक्तककार शरद प्रधानाङ्ग, लघुकथाकार ऋषि तिवारी, साहित्यकार शान्ता भट्टराई, कवि रोहिणी रसिक, साहित्यकार कुमार श्रेष्ठ, सुजा चापागाईं, उमेश लुईटेल, किस्मत खतिवडा, मुक्तककार नानु मैया दाहाल लगायत दुई दर्जनभन्दा बढी कविहरूले आफ्ना रचना वाचन गर्नुभएको थियो। उक्त कार्यक्रममा वरिष्ठ कवि तथा नाटककार भरत बर्बरिकले शुभकामना मन्तव्य दिनुभएको थियो। उक्त कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनलाई प्रमुख अतिथि विशिष्ट अतिथि तथा संस्थाकी अध्यक्ष मञ्जु घिमिरे दाहालज्यूले सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो। कार्यक्रम संस्थाकी सचिव सुजाता राईले सञ्चालन गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर