दक्षिण कोरिया सौल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरिया च्याप्टरको आयोजनामा सञ्चालित काव्य-सुधा १६६ औं शृङ्खला अन्तर्गत विजया दशमी २०८१ को शुभकामना आदानप्रदान तथा रचनाबाचन गत अक्टोबर ११ शुक्रबार तारिखमा भर्चुअल माध्यमबाट सम्पन्न भएको गर्यो

संस्थाका अध्यक्ष लोकराज न्यौपानेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा दक्षिण कोरिया तथा नेपालमा रहनुभएका सर्जकहरुले विजयादशमीको शुभकामना सहित दशैं विशेष साहित्य सृजनाहरु सुनाएका थिए । अनेसास कोरियाको फेसबुक पेजबाट लाईभ गरिएको कार्यक्रमको ब्यानर सौजन्य जे बी बैंक कोरियाको लोन परामर्शदाता डा.कमला केसीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका महासचिव राजेश सुबेदीले गरेका थिए ।

गजल, मुक्तक तथा कविता वाचन गरिएको कार्यक्रममा सर्जकहरु लोकराज न्यौपाने, बिदुर शर्मा, विष्णु वाग्ले, रामचन्द्र शर्मा, विजयता भण्डारी, डा. कमला केसी, डिइबी सिकारु, जीवन भण्डारी, सुजन कोईराला, जीवन खत्री, डि आर न्यौपाने सुर्य, दिपक राज बन्जाडे, ह्यारी वोन्ड, अशोक कुमार थापा, आर पि सि संगम, रुसन सुवेदी, अर्जुन बराल, राजेश सुबेदीले लगायतले आफ्ना दशैं विशेष रचनाहरु सुनाउनुभएको थियो।

प्रवासको कार्यव्यस्तताका बाबजुद समय निकालेर आफ्ना सृजनाहरु प्रस्तुत गर्दै कार्यक्रमलाई सफल बनाईदिनुभएकोमा स्रष्टाहरु, कार्यक्रममा उपस्थित ब्यक्तिहरु, तथा फेसबुक लाईभबाट जोडिनुभएका सबैजनालाई अनेसास कोरिया परिवारले धन्यवाद व्यक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर