कोरियन नयाँ वर्ष सलनालको अवसरमा ताप्लेजुङ सम्पर्क समितिद्वारा आयोजना गरिने ‘ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमाका २०२३’को पोस्टर एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाको विकट क्षेत्रको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको अध्यक्ष सागर माङ्मूले जानकारी दिएका छन्।

नेपालबाट आमन्त्रण गरिएका लोकप्रिय कलाकारहरू गायक प्रमोद खरेल, गायक खगेन्द्र याक्सो, हाँस्यकलाकार भरतमणी पौडेल, गायिका एलिना चौहान र अभिनेत्री तथा डान्सर रियासा दाहालको बेजोड प्रस्तुति रहनेछ।

सलनालको दोश्रो दिन जनवरी २२ आइतबार आयोजना गरिने उक्त कार्यक्रम सौल स्थित 서울 성북구 활랑로 ज्ञघ 길 ज्ञद्धद्ध 하월곡동 산 द्द(ज्ञ ९지번० ९성북구민체육관० हलमा हुने आयोजकले जनाएको छ। कार्यक्रम स्थल जानको लागि दोङ्देमुन २÷३ नम्बर गेटबाट बसको व्यवस्था रहनेछ भने ट्रेन लाइन नं ६ 월곡역 को ३ नम्बर गेटबाट ५ मिनेट पैदल पनि जान सकिनेछ।

पोस्टर सार्वजनिक कार्यक्रमा पूर्वाञ्चल सरोकार समाजका कार्यबाहक अध्यक्ष गजेन्द्र सेर्मा, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू र सल्लाहकारहरूको उपस्तिथि रहेको थियो। उक्त कार्यक्रममा मिडिया पार्टनरको रूपमा सेतोमाटो मिडिया रहेको छ ।

कोरोना कहरका कारण विगत २ वर्षदेखि कोरियामा बृहत सांगीतिक कार्यक्रमहरू भएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर