जीवन खत्री – कोरियाली कवि किम सनह्याङद्वारा लिखित कविता कृति आइमाईको अनुहारको नेपाली अनुवाद बिमोचित भएको छ । आईतबार दक्षिण कोरियाको आन्सानमा रहेको नेपाली सांस्कृतिक घरमा एक
कार्यक्रमका बीच उक्त कार्यक्रम बिमोचन गरिएको हो । कोरियन कवि तथा पुस्तककी स्रष्टा किम सनह्याङ, कोरियन कवि छङदेगी र नेपाली सांस्कृतिक घरका अध्यक्ष कमल भण्डारीले उक्त किताब संयुक्त रुपमा बिमोचन गर्नुभएको हो ।

कृति माथि बोल्दै कोरियन कवि छङ दे गीले नेपाली भाषामा कृति प्रकाशित हुनु नेपाल र कोरियाबीच दुई देशको सांस्कृतिक सम्बन्ध पनि सुमधुर हुने विश्वास व्यक्त गर्नुभयो ।

कृतिमाथि बोल्दै ईतर आवाजका संयोजक पराजित पोमु, कवि विष्णु वाग्ले, मोहन कार्की, डिआर न्यौपाने सुर्य लगायतले कवि सनह्याङलाई बधाई दिँदै यो कृतिले नेपाली संस्कृति र कोरियन संस्कृति आदानप्रदानका लागि भूमिका खेल्ने आशा व्यक्त गरे ।

कृतिमा नेपाली कवि मोमिलाले कृतिमा भूमिका लेख्नु भएको छ । भूमिकामा उहाँले कवि सनह्याङक‍ा कविताहरू पढेर नेपाली कवि गोपालप्रसाद रिमालको कविताले जस्तै हिउँ र आगोले भन्दा पनि बढ्दा छोईएको बताउनु भएको छ । कवि म‍ोमिलाको नेपाली भूमिकालाई कोरियन भाषामा अनुवाद गरि कवि ई गिजु मुनाले वाचन गर्नु भएको थियो ।

कृतिलाई कोरियन कवि ई गिजु मुना र नेपाली कवि म‍ोहन कार्कीले कोरियन भाषाबाट नेपालीमा अनुवाद गर्नु भएको हो । अनुवादित कृति आइमाईक‍ो अनुहार कवि किम सनह्याङको कोरियन भाषामा प्रकाशित दुई कृति आइमाईको अनुहार र महिला प्रधान चलचित्रबाट छानिएका कविताहरू अनुवाद गरि प्रकाशित गरिएको हो ।

भुँडीपुराण प्रकाशन बागबजारले प्रकाशन गरेको यो कृतिलाई चार भागमा बिभाजन गरिएको छ । ४९ कविता समावेश यस कृतिको मूल्य नेपाली रु. २०० राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर