महोत्तरी – उमेरले ७० नाघ्नुभएका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिएका छन् ।
पछिल्ला २० वर्षयता नगद आर्जनका लागि तरकारी खेती सुुरु गर्नुभएका यादवले समय समयमा मौसमको प्रतिकूलताले लतारे पनि अझै हरेश खानुभएको छैन । जम्मा सात बिघामध्ये तीन बिघामा तरकारी खेती गर्दै आएका यादवको जग्गामा अहिले भण्टा, खुर्सानी र लहरे ९फर्सी, लौका, घिरौँला, करेला, बोडीआदि० मुख्य तरकारी बाली हुन् ।
खेती गर्न थालेर धान, मकै, कोदोसहितका अन्नबाली हुँदै सुर्ती, उखुजस्ता बाली भोगेर अहिले तरकारी बालीमा आई पुगेको यादवको अनुभव छ ।
पछिल्ला केही वर्षयता तरकारी खेतीमा लागत बढ्दै गएर प्रतिफल राम्रो आउन छाडेपछि अब के गर्ने भन्ने यादवमा चिन्ता बढेको छ । खासमा केही वर्षयता तरकारी बालीमा अत्यधिक किराको प्रकोप बढेको बताउने यादव अब त विषादीले पनि किरा चिन्न छाडेको बताउछन्।
“उ त्यहाँ भण्टाको बोट हेर्नोस्, कति थरीका दबाइ ९विषादी० छरीसके, केही टेरेको छैन”, बारीका केही पात ओइलिँदै गएका भण्टाका बोट देखाउँदै यादवले भने, “सल्लाह दिने कोही जेटी, जेटिए ९कृषि प्राविधिक० पनि भेटिँदैनन्, के गर्ने होला रु”
मौसमी तरकारीभन्दा बेमौसमी तरकारी बालीमा किरा र रोगको प्रकोप हुने गरेको उहाँको अनुभव छ । “म यहीँ हुर्केको हुँ, १५÷२० वर्षअघि बालीमा यस्ता रोग लाग्दैन्थे, यी दबाइ पनि थिए कि थिएनन् रु अहिले त यी थरिथरिका किरा र रोगले हैरान नै पारेका छन् ।”
पहिले बालीभित्र दुबो, मोथे र बन्सोजस्ता झार एकपटक गोडेपछि रोपेका बिरुवा हलक्क बढ्ने गरेका सम्झँदै उनले अचेल भने कैयन थरिका झार उम्रने र त्यसलाई मास्न दबाइ नै प्रयोग गर्ने गरेको बताए।
पहिले धान, मकै, कोदो, गहुँजस्ता परम्परागत अन्न बाली लगाउने गरेको सम्झँदै उहाँले पछिल्ला वर्षमा क्रमशः समयमा पानी नपर्ने, कहिले बेमौसममै मुसलधार पानी पर्ने, लामो खडेरी पर्ने, शीतलहरको प्रकोप बढ्नेजस्ता समस्या बढेपछि सुर्ती खेती, उखु खेती हुँदै अहिले नगद आर्जनका लागि आफू तरकारी खेतीमा लागेको बताउनुभयो । पहिले महिना, नक्षत्रका आधारमा अनुमान गरेर बाली लगाउन गरिने तयारी पछिल्ला वर्षमा मेल खान छाडेपछि खेती पनि बदलिँदै जानुपरेको यादवको भनाइ छ ।
पछिल्ला १५÷२० वर्षयता अनुकूल वर्षा नहुँदा कुलो चल्नु त परै जाओस् खानेपानीका इनार पनि सुक्दै गएर बर्सेनि रिङ ९सुकेका इनार थप खनेर पक्की गोल थप्ने काम० हाल्नु परिरहेको यादवको थप चिन्ता छ ।
यसको ठ्याक्कै कारण थाहा नभए पनि बस्ती बढ्दै गएर वन फाँडिनु, कलकारखाना बढ्नु र जताततै नदीमा बालुवा, ढुङ्गा निकाल्न ठूलठूला मेसिन ९उत्खनन्मा प्रयोग गरिने यान्त्रिक उपकरण० चल्न थालेपछि यस्तो भएको हुनसक्ने उहाँको अनुमान छ ।
पछिल्ला केही वर्षयता वन फाँडिदै गएपछि जङ्गली जन्तु नीलगाई, बँदेल, दुम्सी र बाँदर आतङ्कले पनि बालीनाली जोगाउन सकस परेको उनको भनाइ छ । उनीजस्तै बर्दिबास–९ पशुपतिनगरका महेन्द्र महतो, जवाहर महतो, रामविनोद महतो र ब्रह्मदेव महतो पनि तरकारी खेतीमा जमेका किसान मानिन्छन् ।
उमेरले ५० वर्ष नाघी सकेका उनीहरु सबैको चिन्ता पनि यादवको जस्तै छ । छिमेकको भङ्गाहा नगरपालिका–४ का ६० वर्षीय सत्यनारायण यादव, ५७ वर्षीय रामजी यादव, ५४ वर्षीय चन्देश्वरराय दनुवार र ६७ वर्षीय रघु महरा पनि मौसमले साथ नदिँदा बर्सेनि खेती बदल्नुपरेको बताउछन्।
जिल्लाका किसानले भोगेका यी समस्या विश्वव्यापी समस्या भएको विज्ञ बताउँछन् । महिना र नक्षत्रका आधारमा पहिले गरिने गरिएको मौसमको अड्कलबाजी अब मिल्न छाडेको वन वातावरण क्षेत्रमा काम गरेर लामो अनुभव सँगाल्नुभएका सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादव बताउछन्।
विश्वव्यापी रुपले जलवायु परिवर्तनमा परेको असरले वर्षा, गर्मी, बाढी, पहिरोजस्ता प्रकोप र फरक खालका वनस्पति झार तथा वन्यजन्तुको फरक ठाउँमा चहलपहल बढेको यादवको भनाइ छ । यसरी मौसममा परेको प्रभावअनुसार आफूलाई ढाल्दै जानुको तत्काल विकल्प नरहेको उनी बताउँछन् ।
“जलवायु परिवर्तनको विश्वव्यापी असर छ, हाम्रा गरिब बस्ती साधन, स्रोतको अभावमा यसबाट बढी प्रभावित छन्”, उनले भने, “गरिब किसानसम्म अब राज्यले यसअनुसारका सुविधा बढाएर अनुकूलन खेतीतर्फ अग्रसर गराउन सक्नुपर्छ ।”
बालीनालीमा बढ्दो रसायनिक मलको निर्भरता र विषादीको बढ्दो प्रयोगलाई निरुत्साहित गरेर प्राङ्गारिक खेती प्रणालीमा किसानलाई फर्काउन अब ढिलाइ गर्न नहुने उनको भनाइ छ ।
प्रतिक्रिया
-
४
