
✍️ जीवन सरोवर
गजल – एक
ठिक छानिएको छ थुप्रै बेठिकबाट !
म यो नियालि रहेको छु नजिकबाट !!
‘यो संसार मान्छेहरुको प्रयोग रहेछ’ !
यस्तो बिज्ञप्ति आयो वैज्ञानिकबाट !!
किन उपहारमा मलाई आगो दियौ ?
र किन बनायौ मलाई प्लाष्टिकबाट ??
ए ! जीवन, भोलि देश कसरी रहला ?
आज देश पढिएन भने नागरिकबाट !!
गजल – दुई
बहुत बिश्वास गरेको मान्छेबाट घात भंयकर भयो !
हेलिकप्टर बनाउन खोजेको जिन्दगी स्टेचर भयो !!
चुरोट पिउन छोडकोमा बहुत पछुतो लागेको रहेछ !
चुरोट पिउन छोडेको बर्षाै पछि क्यान्सर भयो !!
सबथोक गरिएको थियो तिम्रो बन्नका लागि पनि!
र अचेल तिमिसंग टाढा हुने पनि एउटा रहर भयो !!
आमा छाउ नभैदिएको भए हामी जन्मिने थिएनौ !
आज आएर आमाको मृत्युको कारण छाउघर भयो !!
प्रतिक्रिया
-
४