✍️ लोकेन्द्र बञ्जारा

गजल – एक

उसको ताकत सदर गर्यो मेरो औकात बदर गर्यो
नियतीले मलाई मेरो घरैबाट बेघर गर्यो

त्यस्तो प्रेमी हुँ म तिम्रो सालौँ जेलमा बिताएपछी,
आज आएर अदालतले बल्ल निर्दोष ठहर गर्यो।

जसले मारेको थ्यो उसलाई उसैले नै हतार हतार
प्रहरीलाई लास देखेको भन्ने पैलो खबर गर्यो।

उहिल्यै पिएको थेँ मैले पिरतिको एक प्याग रक्सी,
यो उमेरमा अहिले आएर यतिखेर असर गर्यो।

गजल – दुई

को सन्त छ को चोर छ भनिदिनुहोस्
कि मेरो दृष्टि कम्जोर छ भनिदिनुहोस्

हाम्रो करले बनाएको तपाईँको घरमा,
कसको ओहोरदोहोर छ भनिदिनुहोस् ।

उता किन ठूलो पुन्यु चल्यो भान्सेज्यू,
यता किन मलाई थोर छ भनिदिनुहोस्।

कसैलाई थाहा छ कि अभाव र ढुंङ्गो,
दुई मध्ये को कठोर छ भनिदिनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर