✍️ पूर्णिमा प्रतिबिम्ब

गजल –  १

नहुदो रैछ भविष्य हेर्ने दुर्विन दुःख लाग्छ !
हजुरकै बन्छु भन्न सक्दिनँ दुःख लाग्छ !

जसले हराएको मलाई नै मसँग भेटाइदियो,
उसको लागि केही गर्न सकिन दुःख लाग्छ !

भगवानले उपहार स्वरूप चन्द्रमा पठाइदिए,
मानेन मेरो शिरमा अडिन दुःख लाग्छ !

हजुरको हासोमा मेरो संसार हासेको छ,
आज देख्दा हजुरलाई मलिन दुःख लाग्छ !

दुई खोलिहरु बगिरहेकै थियौ आफ्नै गतिले
जुरेनछ दोभानमा पनि भेटिन दुःख लाग्छ !

गजल – २

मन भित्र सपनाहरूको हानाहान छ
यता बाहिर बाध्यताले तानातान छ

यदि कसैले लग्यो भने मेरो दिल चोरेर
के सजाय दिऊँ, संबिधानमा के प्राबधान छ ?

किन सधै ताला लगाई, चावी लुकाउछेऊ
आमा भन त, बाकसमा के सामान छ ?

सबै शास्त्र सिकाउछन्, नीति बताउछन्
यसमा भने, मेरो भुमिका अन्जान छ

कहिलेकाहीँ मन पनि छछैन संका लाग्छ
देखे पछि मात्र विश्वास गर् भन्ने बिज्ञान छ

प्रतिक्रिया

सम्बन्धित खवर