✍️ प्रकाश पौडेल माइला

हाइकु – १

मन्द आवाज
लजालु हेराइमा
फूल फक्रियो

हाइकु – २

सट्टेबाजीमा
पिरती ओखलेर
कर्कलो रोप्यौँ

हाइकु – ३

आशाको बत्ती
तेल थप्दै कुरेर
बिहानी भयो

हाइकु – ४

खेतबारीमा
चरीको नचरि छ
रित्तो मचान

हाइकु – ५

देउती बाजे
आँगनमा सुकुल
प्यासी लोखर्के

हाइकु – ६

बिषको प्याला
झुक्याएर दिइछ्यौ
अँध्यारो भित्र

हाइकु – ७

मुधुस खोल्दा
हिरा-मोती भेटिए
तिमी सजियौ

हाइकु – ८

घाँसे फूलमा
नुहेर छोएको छ
धानको बाला

हाइकु – ९

जूनको गीत
सुनेर झ्याँउकिरी
चुपचाप छ

हाइकु – १०

रङ्ग चिनेर
बगैँचा चाहर्नेले
फूल चिनेन

प्रतिक्रिया

सम्बन्धित खवर