✍️ सरिता तुलाधर
मुक्तक – १
किन सताउछौ ? बेला बेला सम्झना पठाएर
के पायौं ? तिमीले त्यो मन बाट मलाई हटाएर
म त तिम्रो लागि सबैभन्दा माथि थिए होइन र ?
सम्झन्छु मेरो लागि हिडेको थियौ जिन्दगी खटाएर ।
मुक्तक – २
मन पराउने यो आँखाको बयान म आफैँ गर्छु
उसलाई दु:ख नहोस् भनेर काम गर्न म अघि सर्छु
उसले के चाहन्छ त्यै बन्न तयार छु म सधैंको लागि
भगवानले माथि लगे पनि उसको लागि झर्छु ।
मुक्तक – ३
फूलको जीवन मन परेन सबैले मार्छन्
फलको पनि मन परेन त्यो पनि झार्छन्
के को जीवन जिउ भनि सोच्दैछु अचेल
मान्छेको त झन मान्छेले नै खत्तम पार्छन् ।
मुक्तक – ४
बाहिरी आवरणले थाह हुन्न भित्रको कुरा
हिजोआज जे पनि ठिक लाग्छ मित्रको कुरा
सत्य, तथ्य प्रमाण निकाल्न आफै लाग्नुपर्छ
अचेलका मान्छेलाई पच्दैन पबित्रको कुरा ।
मुक्तक – ५
केही दिनको भेटमा कोही देवता , कोही ढुङ्गा भैदियो
उसलाई माया गर्दागर्दै मेरो मन नचलेको डुङ्गा भैदियो
मायाप्रेमले दिएको औषधि पनि काम लागेन आज
हामी दुईको माया ओइलेको फूलको थुङ्गा भैदियो ।
प्रतिक्रिया
-
४
