
✍️ महेश कार्की क्षितिज
अहिलेका दुर्योधनहरू पनि चाहन्छन्
द्वापरान्तका यदुवंशीको जस्तै उनीहरूको पनि नाश होस्
हेर्न चाहँदैनन् उनीहरू
आधुनिक कुरुक्षेत्रका दिशाहीनअर्जुनको कुशलता
भीमको जस्तो बलसँग ईर्ष्या छ उनीहरूलाई
शकुनी कर्णिक सबै सबै हाम्रै विपक्षमा छन् ।
छोरा, म अर्को महाभारत देखिरहेछु हाम्रा अगाडि ।
अहिले जस्तै उहिले पनि
दुर्योधनले खटाएका अनुचरहरू
पाण्डवलाई लोभ देखाउँदै वाणारत पठाउने तयारी गर्थे
उता पुरोचन लाहाको घर बनाउन व्यस्त रहन्थ्यो
उहिले र अहिलेमा के फरक छ र बाबु रु
हेर त अहिलेका यी अनुचरहरूभित्रको राजनीति
कति सजिलै भन्दैछन्—
‘मेटिन्छ भोक, ढाकिन्छ आङ, हिँड हामीसँग ।’
देखाएर आस अझै भन्दैछन्
‘सुखको गहिराइ कोरिन्छ तिमीहरूको निधारमा ।’
छोरा !
हामीले धेरै पटक छोडिसक्यौँ हाम्रो हस्तिनापुर
मलाई एकपटक विदुर सम्झेर हेर्नू ।
नपत्याउनू अनि नजानू
शिशु सपनाको हत्या गर्नेहरूसँग
स्वीकार नगर्नूतिनीहरूकोप्रभुत्व
बोकेर झण्डा जबर्जस्ती नहिँड्नू
असत्यको पक्षपाती जुलुसमा
एक्लो बैंसको बिस्कुन हालरे बसेकी सानीलाई
लान्छु भनेर नलानेहरू
दीनहीनलाई उधारो दिएर उज्यालोको आश्वासन
आफ्नै अनुहार चम्काउनेहरू
सायद तिनीहरूकै रूप र व्यवहारका हुन्छन्, ख्याल गर्नू ।’
यदि बोक्यौ भने झण्डा तिमीले — तिनीहरूको
गयौ भने जुलुसमा तिमी — तिनीहरूसँगै
तिमीले हस्ताक्षर बन्नुपर्छ तिनीहरूकै आसुरी निणर्यमा
नपछ्याउनू तिनीहरूले हिँडेको बाटो
तिम्रो भोक त
तिमीजस्तै निर्दोषहरूको साझा भोक पो हुनुपर्छ
तिमीहरूले आफ्नै पखेटाले उड्न नपाउनु ?
अस्ति नै ट्रकका ट्रक
युधिष्ठिरजस्तै लाग्ने मान्छेहरू खसालेर सडकभरि
लगाएपछि ओकल्न अनिच्छित प्रसस्तिगानहरू
एकथरी समूहलेसमातेर कठालोमा
लतार्यो अनि चलायो गोली।
प्रयोग गर्नेहरू सबैभन्दा खतरनाक हुन्
तिनीहरूले चपाइसके
धर्मर संस्कृति, चेतना ? अस्तित्व
कार्डियोलोजी थिएटरमादेशलाई काटेर
तिनीहरूले जितको उत्सव मनाउँदै
अघाउन्जेल खाए हाम्रो रगतको न्वागि ।
छोरा !
यो चलिरहेको अर्को महाभारतमा
आफैँलाई बनाएर समिधा
सेकायौ भने असत्यको हात
सोच-
तिम्रा निर्दोष स्पर्शले फेरि
कसरी कोर्ला शिशु मानवताको अनुहारमा
पारिलो मुस्कान ?
कसरी बचाउला र खै
तिम्रै कृतज्ञ मलामीको अन्तिम छिमल ?
प्रतिक्रिया
-
४
-
१०