– पुष्प अधिकारी अञ्जलि

गजल १,
आँखा पनि कहाँ कहाँ गएर अल्झिन खोज्छ
आफ्नै भन्ने पनि यहाँ किन तर्किन खोज्छ

फर्केलान या नफर्केलान यी पैतालाहरू
टेकेर यही बाटो हुँदै कतै टाढा दौडिन खोज्छ ।

सिरानी भिजेको छ यहाँ हरेक रात मेरो आँसुले
थाहा छैन यादहरु यसरी किन टाढिन खोज्छ।

नदेखुँ भयो यी आँखाले पनि दुष्ट सपनाहरु
झन झन हरेक रात किन यसरी देखिन खोज्छ ।

पथ्थरलाई देवता बनाउनेहरु पनि यसो भन्दैनन्
जति पूजा गर्यो अतिनै मलाई दुख दिन खोज्छ।

लेख्न त मैले तिम्रो निम्ति लेखेको हुँ गीत गजल
सुनाउन सक्दिँन महफिलमा मन पग्लीन खोज्छ।

गजल २,
गालामा कोठी अनि निधारमा खत राम्रो लाग्यो
मुसुक्क हाँसेर बोल्ने तिम्रो त्यो आदत राम्रो लाग्यो

जे जे सोचेको थिँए मैले तिमीलाई मेरो कल्पनामा
आँखाको इसारामा बोल्ने तिम्रो अभिमत राम्रो लाग्यो

भाग्यमा जे जस्तो लेखिए नि कर्मले जता पुर्याए नि
साँच्चै मलाई तिम्रो त्यो मनको अदालत राम्रो लाग्यो

जिन्दगी एक्लै बाँचेकी छु भन्यौ तिमीले धेरैपटक
थाहाछैन जोसंग बाँच्यौ तिम्रो त्यो संगत राम्रो लाग्यो

अभिनय गरे जस्तो घरिघरि आँखाले मात्रै बोले जस्तो
सत्य धरोधर्म मलाई तिमी शत प्रतिशत राम्रो लाग्यो

प्रतिक्रिया

सम्बन्धित खवर