– यमराज समर्पण

क्षितिज पारि सानो एउटा घर हुनेछ!
आँखा भरी सपना मनमा रहर हुनेछ!!

गाउ वेसी खोला नाला लुकामारी गर्दै!
हाम्रो लागि त्यही ठाउँ नै सहर हुनेछ!!

बाचा कसम पुरा गरि सिउदो भरेपछि!
तिम्रो  नाम  को पछि  मेरो थर  हुनेछ!!

चखेवा को  जोडी जस्तै बनेपछि जब!
जता _ ततै  हाम्रो  मात्रै  खबर  हुनेछ!!

मरेर त जानु नै छ,  हजार  जुनि  सम्म!
मुना _ मदन  जस्तै  माया अमर हुनेछ!!

गजल २,

पिडै पिडाको भुमरीमा परियो भने के गर्छौ!
फुल्दा फुल्दै कोपिलामै झरियो भने के गर्छौ!!

हासी_खुसी भई बाच्ने रहर कस्को नहोला र,
गह-भरी  आशु मात्रै  भरियो,  भने के  गर्छौ!!

तिमी मुटु अनि  म धड्कन बन्न पर्छ भन्थ्यौ,
धड्कन बाटै बाटो बन्द गरियो भने के गर्छौ!!

सपनाका  महलहरू अनगिन्ती  बुन्ने  मन छ,
जिवनको यो गोरेटो मै  हरियो भने  के गर्छौ!!

हजार जुनी सम्म पनि छुट्न हुन्न भन्छौ सानु,
संसार छोडी अन्तै बसाई सरियो भने के गर्छौ!!

***

प्रतिक्रिया

सम्बन्धित खवर