
-ऐश्वर्य श्रेष्ठ
कुन बाटो भएर जाउँ टेक्दै शत्रुलाई
चिमोटिहाल्छ पछाडिबाट
कसरी हिँडू कानमा फूल सिउरेर
घोचिहाल्छ लजाएर लज्जावती झैं
बाटो छेकिहाल्छ खाल्डो बनेर
आखिर शत्रु न हो
कति खुशी हुँदो हो
अरुलाई दुख्दा
जल्छ अरुको सुखमा
शत्रुफूल
देख्नै हुन्न बाटोमा फूल
ढुंगाले हानीहाल्छ ।
न सुन्छ, न बुझ्छ, न मान्छ
जतिबेला जे पायो त्यसैले पछाडिबाट हान्छ ।
पत्थरले सम्झाउ, पत्थर बर्षाउँछ
सधैँ धारेहात माथि पार्छ
हेर्छु, मन मान्दैन कि सम्झाउ
कि पुजूँ फूल झैँ सम्झेर
ढुंगालाई देवता बनाउन सकिन्न भनेर
छोडीदिन्छु ।
उही आएर पहिले ढोग्छ र भन्छ
हजुर त मेरो भगवान हो ।
लाग्छ मलाई देवता थाप्ने मान्छे कहाँ शत्रु
हुनसक्छ ।
आफूलाई भगवान सम्झेर खुट्टा दिन्छु
निहुरिन्छ कि भनेर
उ उल्टै छिर्के लगाउँछ
शत्रु न हो
कहाँ फूल हुन सक्छ ।
फूल फूल नै हो
ढुंगा ढुंगा नै हो
बासको तगारो लगाएर जोडूँ सम्बन्ध
काटीदिन्छ दाँतैले टोकेर
किन रिसाउँछ शत्रु
गुन बिर्सेर
किन गुनगुनाउँदैन मित्रताको मिठो धुन
आखिर बैगुनी न हो
शत्रुलाई फूल बनाउन सकिन्न
फूललाई शत्रु बनाउन सकिन्न ।
फूलीरहन्छ आँगनमा शत्रु फूल बनेर
न टिप्न सकिन्छ फूल सम्झेर
न काटन सकिन्छ काँडा भनेर
जहिले सिकाउँछ सत्यको बाटो हिँड्न
झर्न दिन्न तल, उकासिरहन्छ माथि
कहाँ मित्रले टिकाउन सक्छ मित्रता
सधैं शिरमा
थाहैं नपाई कुल्चीहिँड्छ नदेखे झैँ
त्यही भएर त शत्रु, फूल हो
आँगनमा फूलीरहन्छ शत्रुफूल बनेर ।
***
।
पत्थरले संझाउ पत्थर बर्षाउछ
सधैं धारे हात माथि पार्छ
हेर्छु, मन मान्दैंन कि संझाउ
कि पूजु फूल झैं संझेर
ढुंगालाई देवता बनाउन सकिन्न भनेर
छोडीदिन्छु ।
उही आएर पहिले ढोग्छ र भन्छ
हजुर त मेरो भगवान हो ।
लाग्छ मलाई देवता थाप्ने मान्छे कहाँ शत्रु
हुनसक्छ ।
आफूलाई भगवान सम्झेर खुट्टा दिन्छु
निहुरिन्छ कि भनेर
उ उल्टैं छिर्के लगाउँछ
शत्रु न हो
कहाँ फूल हुन सक्छ ।
फूल, फूल नै हो
ढुंगा, ढुंगा नै हो
बासको तगारो लगाएर जोडुँ सम्बन्ध
काटीदिन्छ दाँतैंले टोकेर
किन रिसाउँछ शत्रु
गुन बिर्सेर
किन गुनगुनाउँदैन मित्रताको मिठो धुन
आखिर बैगुनी न हो
शत्रुलाई फुल बनाउन सकिन्न
फूललाई शत्रु बनाउन सकिन्न ।
फूलीरहन्छ आँगनमा शत्रु फूल बनेर
न टिप्न सकिन्छ फूल संझेर
न काटन सकिन्छ काँडा भनेर
जहिले सिकाउँछ सत्यको बाटो हिड्न
झर्न दिन्न तल उकासिरहन्छ माथि
कहाँ मित्रले टिकाउन सक्छ मित्रता
सधैं शिरमा
थाहैं नपाई कुल्चीहिडँछ नदेखे झैं
त्यही भएर त शत्रु फूल हो
आँगनमा फूलीरहन्छ शत्रुफुल बनेर ।
***
प्रतिक्रिया
-
४