– सुरेशकुमार पाण्डे

“हेर्नुहोस् न विकास भएकै त छ।”-मन्त्री घोंचुले आफ्ना जुङ्गा तिखार्दै भन्यो।
उनीहरू विदेशी अनुगमन् टोलीलाई गाडीमा घुमाउँदै थिए।
“हो विकास त भएकै छ “-आर्को रामशरणले पनि समर्थन जनायो।
“के भयो ड्राइबर ?”- मन्त्री घोंचुले गाडीमा झ्याप्प ब्रेक लागेको देख्यो र बोल्यो।
“मन्त्रीज्यू यो बाटोमा पहिरो गएछ गाडी अगाडि जान नसक्ने देखियो ।” ड्राइबरले गाडीबाट ओर्लिंदै भन्यो।
“पहिरो जानेलाई त के गर्न सकिन्छ र ? “घुमाएर आर्को बाटो हिँडौँ ।” -मन्त्रीले रामशरण तिर हेर्यो र मुस्कुराउँदै भन्यो।
ड्राइबरले गाडी आर्कोबाटोमा गुडायो।

“ल हेर्नुहोस् कस्तो विकास गरेका छौँ तर प्रतिपक्ष जहिल्यै पनि विकास भएन भनेर सदन र सडक तताउँछन् ।” -मन्त्री घोंचुले भ्यूटावर देखाउँदै भन्यो।

“यो के बनाउनु भयो अग्लो डाँडोमा ? पानीको टेँक ?” -रामशरणले सोध्यो

“होइन यो त ..!” मन्त्री अक्मक्कियो।

“सर ! बाघ बस्ने ठाँटी!”-ड्राइबरले मन्त्री अक्मक्किएको देख्यो र भन्यो।” आहा कति उच्च विचार पशुपंक्षिको लागि पनि यहाँहरूको मनमा यस्तो सद्भाव रहेछ।” -रामशरणले मन्त्रीलाई प्रसंसा गर्यो।
“ड्राइबर अब के भयो ?”-फेरी गाडी रोकेको देखेर मन्त्री बोल्यो।
“सर ! यता हेरिस्योस् !”-उसले अगाडिको पुल तिर हेर्दै मन्त्रीको ध्यानकार्षण गरायो।”
यहाँ पुल भित्केर तलबाट टेकासो लगाएर अडाएको थियो।
“सर ! यहाँबाट खतरा छ कार जाँदैन “- ड्राइबरले जानकारी गरायो।
“यहाँ भुकम्प आएको रहेछ पुल भत्किएको र टेकासो लगाएर कर्मचारीहरूले आडाएका रहेछन्। अब छिट्टै ठिक गराउन पर्ने भयो।
“मन्त्रीजी विकास त भएकै रहेछ तर बेलाबखतमा टेकासो लगाएर भएपनि काम चलाउँदा रहेछन् कर्मचारीले” रामसरणले मन्त्री तर्फ हेर्दै भन्यो ।

***

प्रतिक्रिया

सम्बन्धित खवर