-गणेश राेकाय

मुक्तक  १
जन्म मृत्यु घरिघरि हुन सक्दैन
कुनै मान्छे अजम्मरि हुन सक्दैन
घाेटालाकाे सम्पति किन थुपर्छाै
यमलाेकमा तस्करी हुन सक्दैन

मुक्तक २
कतै भिख कतै भेटी चन्दा हुनसक्छ
कसैलाई मागी खाने धन्दा हुन सक्छ
म त काम गरेर पसिना बगाउने मान्छे
मेरो जिउमा पसिनाको गन्ध हुनसक्छ

मुक्तक ३
कहिले हाँस्नु कहिले  रुनु  यही त जीवन रहेछ
जमिन टेक्नु आकाश छुनु  यही त जीवन रहेछ
हुँदा खाँदा सबै हुन्छन् पराई पनि आफ्नै जस्तो
हाे केही नहुँदा काेहि नहुनु यहि त जीवन रहेछ

मुक्तक ४
अन्धकार चिरी सितल जुन बनेर आउनु
बिरहको भाका  गाउने धुन बनेर आउनु
तस्करले धन्दा  गर्ने सुन चाँदि भन्दा पनि
कर्णालीमा अभाव छ है नुन बनेर आउनु

मुक्तक ५
हल्का बादलले पनि भारि असिना बर्साउन सक्छ
कहिलेकाहीँ  आफ्नै छायाले  पनि तर्साउन सक्छ
जिवनमा सफल छन् कैयौँ हातै नभएका मान्छेहरु
के हातको रेखाले मान्छेको भाग्य दर्शाउन सक्छ?

प्रतिक्रिया

सम्बन्धित खवर