– मानन्धर अभागी

१,
महफिलमा मलाई निम्ता आयो
गाएर  उसले  गजल  सुनायो

सुमधुर आवाज गुञ्जायमान
स्रोताहरू ले वाह वाही मच्चायो

गजल  गाउँदै  गर्दै  मतिर नजर
उसले  मलाई  हेर्दै  मुस्कुरायो

खुसीले डौडेर ,आइन  मेरो छेउ
अन्त:मा  मेरो  योहात  समायो

नजरमा उसले  नजर  मिलाएर
चुमेर  मलाई   भावूक   बनायो ।

२,
जब भेट हुन्छ  केहि बात होस्
यसरी नै  सँधै  मुलाकात होस्

कहिल्यै नछूटोस हाम्रो यो माया
यो जिन्दगी हाम्रो सुरूवात होस्

मिठा मिठा बात चर्को त्योघाम
गर्मी  छ  मौसम  वर्षांत  होस्

सादा किन नहोस हाम्रो जिन्दगी
म चाहान्छु प्रिय रंगीन रात होस् ।

***

प्रतिक्रिया

सम्बन्धित खवर