
– दिनेश धामी
१,
सानो लाग्यो होला औकात,कमजोर लाग्यो होला
मत हुँ हिँउदमा झरेको पात,कमजोर लाग्यो होला
त्यसैले तिमीले अर्कैको हात,समाएकि हौली प्रिय
सायद तिमीलाई मेरो हात,कमजोर लाग्यो होला।
२,
छोडियो काम धन्दा, ठूलो भुल त्यही भयो
बुवा आमालाई नगन्दा,ठूलो भुल त्यही भयो
संयोगले तिमी भेटियौ, तिम्रै पछि हिँडिरहेँ
जिन्दगीमा सबै भन्दा, ठूलो भुल त्यही भयो।
३,
पर्नु पहिला माया जालमा,बिचार गर्नु होला
पुग्दा सोह्र सत्र सालमा, बिचार गर्नु होला
बहुत भयानक हुन्छ यो,मुटु मुटुको ठक्कर
ज्यानै जाला अकालमा,बिचार गर्नु होला।
४,
पित्तल रोजेर पनि सुनलाई, छोडेको हुँ मैलेँ
सम्झिएर उनको बैगुनलाई, छोडेको हुँ मैलेँ
तिमी सुन्दरताको घमण्ड गर्छ्यौ मेरै अगाडि
सुन्दर भएकै कारण उनलाई,छोडेको हुँ मैलेँ
५,
ठूला बडा हाकिम पहिचान गर्नुपर्छ
योजना हालिदिएकोमा सम्मान गर्नुपर्छ
मासुभात खुवाउँदै सकिन्छ आधा रकम
कामको लागि जनताले श्रमदान गर्नुपर्छ
***
प्रतिक्रिया
-
४