
– सुरेश बिसी
१,
सबैका हुन्छन् समस्या तमाम् धोका खानु पर्छ
गर्दै नगर सकभर नराम्रो काम धोका खानु पर्छ
यहाँ आफन्तले आफन्त नचिन्ने यो समाजमा आज
मान्छेले मान्छे बाटै भएर बद्नाम धोका खानु पर्छ
२,
बन्द गरियोस् फजुल खर्च र मदिरा, देश बनाउनु पर्छ
फालेर यो देशका प्रत्येक धमिरा देश बनाउनु पर्छ
भित्र पिडा बाहिर मुस्कान छोड्ने कयौं युवाहरुका
मनमा छन् अपमानका चोट गहिरा देश बनाउनु पर्छ
३,
छैन काम काज छैन रोजगारी दुःख लाग्छ
थपिँदै जाँदा काँधमा जिम्मेवारी दुःख लाग्छ
पढेर ठूलो मान्छे बन्छु भन्ने सन्तानले विडम्बना
गरेको देख्दा विदेशको तयारी दुःख लाग्छ
४,
यहाँ थोरै अलग थोरै फरक देखाउँछन्
सोच्नुहोस् एक छिनको रौनक देखाउँछन्
मनलाई भन्दा धनलाई माया गर्नेहरूले
हरबखत प्रेममा प्रमको नाटक देखाउँछन्
५,
गोदामै हुनुपर्छ भन्ने छैन नामद्वारा हुन्छ
सुविधायुक्त छिटो छरितो काम सारा हुन्छ
हरेक वस्तुको गुणस्तर दिने सक्ने हो भने
हो अनलाइन् बाट पनि ठूलै व्यापार हुन्छ
***
प्रतिक्रिया
-
४