– करुणा खत्री

१,
कसैले सोध्यो भने उनकै हुँ भनि दिउँला
सातै जुनी सिउँदोमा तिम्रै सिन्दुर भरी दिउँला
प्रिय यदि सच्चा प्रेम गर्छौ भने तिमीले,
तिम्रो मन मुटु भित्र रानी बनेर बसी दिउँला

२,
ए नेता चुनवमा जनतालाई नोट दिनु
ए जनता चुनाव पछि नेतालाई खोट दिनु
रुनु, कराउनु, चिच्याउनु, पागल हुनु
र भन्नु धिक्कार भएछ हामीले भोट दिनु

३,
जनता सामु भाषणको गीत गाउन थालेको
सोझा सिधा गाउँलेलाई नचाउन थालेको
के के गर्छु भन्थ्यौ जितेपछि खै त गरेको
धेरै भयो त फूलमाला अबिर लाउन थालेको

४,
डरै डर छ चारैतिर साथ बिना हिँड्नै मुस्किल
आफ्नै मान्छे बिनाको परीक्षा भिड्नै मुस्किल
रिस त उठेको छ नातागोता टाढा हुँदा आजभोलि,
चिनेर के गर्नुभएको आफन्त शत्रुलाई गिँड्नै मुस्किल

५,
तिमी र म एउटै गाउँको हुनुपर्छ
पढ्ने स्कुल एउटै ठाउँको हुनुपर्छ
उकाली ओराली मिली सँगै गरौँला,
ज्वाई त तिमी मेरै बाउको हुनुपर्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर