– केदारनाथ सिंह
एक दिन
हाँस्दा – हाँस्दै
उसले पृथ्वीमा एउटा
गोलाकार रेखा कोरिदिई
अनि भन्न थाली `यो तिम्रो घर हो´
मैले भने
`ठिकै छ, अब म यही बस्नेछु´
वर्षा
शीत
अनि घामबाट ओत लाग्दै
केही दिन म
त्यही घरमा बस्न थाले
धेरै दिन अघिको कुरो हो यो
त्यस दिनदेखि त्यो घर
म सँगसँगै छ
मैले
अब आउने जाडो विरुद्ध
त्यसलाई एउटा हल्का रंगीन
स्वेटर झैँ लगाएको छु ।
***
अनुवादक : आरके अदीप्त गिरी
______________________________
केदारनाथ सिंह भारतीय प्रतिनिधि कवि हुन । सन् १९३४ मा भारतको चकिया (कलिया), उत्तरप्रदेशमा जन्मिएका उनले एम.ए तथा आधुनिक हिन्दी कवितामा बिम्बविधान शीर्षकमा सन् १९६४ मा पि.एच.डी प्राप्त गरेका छन् ।
उनका प्रकाशित कृतिहरूमा : ताल्स्ताय और साइकिल, यहाँ से देखो, अकाल मे सारस, उत्तरकवीर और अन्य कविताएँ, मेरे समय के शब्द, कव्रिस्थान मे पन्चायत, आधुनिक हिन्दी कविता मे बिम्बविधान छन् । सिंहका कविताहरू अङ्ग्रेजी, स्पेनी, रूसी, जर्मन आदि भाषामा अनुवाद भैसकेका छन् । प्रस्तुत कविता उनको साहित्य अकादमी पुरस्कार प्राप्त काव्यकृति अकाल मे सारसबाट अनुवाद गरिएको हो ।
प्रतिक्रिया
-
४