– पदमप्रसाद भट्टराई
पर क्षितिजमा सुनौलो घाम उदाउदै गर्दा
श्रीअन्तुमा न्यानो घामले स्पर्श गर्दैगर्दा
भालेहरु बास्ने गर्थे, चराहरु चिरबिराउथे।
हिमालहरु हाँसीदिन्थे, बादलहरु नाँचीदिन्थे।
मध्याह्नमा म थकित भएर सुस्ताउदा
काँधको भारी चौतारीमा बिसाउदा
तातो राप र मान्छेको चापले बिथोल्थ्यो।
बतासले साउती मार्दा मन सुसाउथ्यो।
साँझको सुसेली जुनकिरीसंग गाँउदा
जुनको उज्यालोमा मायाप्रिती लाँउदा
उनीभन्दा पहिले चन्द्रमा सर्माउथ्यो।
प्रथम प्रहरमै जुनतारा जगमगाउथ्यो।
यहाँपनि घाम लाग्छ, न्यानो छैन।
यहाँपनि जुन चम्कन्छ, चाँदनी छैन।
चिसो बतास बहन्छ, शीतल छैन।
परदेशमा छु, नजिकै मेरो देश छैन।
***
प्रतिक्रिया
-
४