
कथाकार निरूपा प्रसूनका बाबा हरिबहादुर ढुङ्गाना पनि चितवनका चर्चित साहित्यकार थिए । चितवन शीखरबास उपनामले चिनिने ढुङ्गानाले दर्जनौं कृति लेखेका मात्र छैनन् उत्तिकै पुस्कार र सम्मानले सम्मानित समेत छन् । यस्ता साहित्यकारको स्मृति अझ गाढा होस् भनेर कथाकार प्रसूनले हालै बाबाको कृति र रचनाको संकलन र समालोचना गराई स्मृति ग्रन्थ चितवन शिखरबास प्रकाशित गरेकी छिन् । यसै कृतिमाथि सम्पादक जीवन खत्रीको पाँच प्रश्न र प्रसूनको जवाफ;
१, चितवन शिखरबास कृतिको बारेमा बताईदिनुहोस् न ।
– यो स्मृति ग्रन्थ हो । कवि चितवन शिखरबास (हरिबहादुर ढुंगाना)को व्यक्तित्व र कृतित्व समेटिएको ।
२, तपाईँ आफैँ पनि एक चर्चित युवा साहित्यकार हुनुहुन्छ । हरेक सन्तानका लागि आफ्ना माता पिता महान हुन्छन् नै । तपाईँको नजरमा आफ्ना पिता को हुनुहुन्थ्यो?
– हामी चार सन्तानको बुवा हुनुको अलावा उहाँ लेखक हुनुहुन्थ्यो ।
३, कविता र कथामा योगदान दिनुहुने चितवन शिखरबासका र उहाँका कृतिका बारेमा देशकै स्वनामधन्य समालोचकहरूले गर्नु भएको समग्र समालोचना किताबमा समावेश छन् नै, ती समालोचनाले आफ्नो पिताको साहित्यिक जीवन कस्तो रहेछ भन्ने लाग्यो?
– बुवा कस्तो हुनुहुन्थ्यो ? को हुनुहुन्थ्यो भनेर उहाँहरुबाट मैले चिन्न होइन । चितवन शिखरबासको साहित्यिक जीवनको साथै चितवन शिखरबास को हुनुहुन्थ्यो ? चितवन शिखरबास कस्तो हुनुहुन्थ्यो ? भनेर साहित्य प्रेमीहरुलाई चिनाउनको लागि हो ।
४, एउटा असल सन्तानले आफ्ना माता-पिताप्रति गर्नुपर्ने कर्तव्य तपाईँले निर्वाह गर्नुभएको भनेर धेरैले बधाई समेत दिएका छन् । यो बधाई पाउनु अघि किताब प्रकाशनका लागि आफूले भोग्नु परेका सम्झनाहरू कस्ता रहे?
– प्रत्येक लेख रचना प्राप्त गर्दा बुवालाई धेरै संझन्थेँ । बुवाको भौतिक शरीरले यो कुरा अनुभूत गर्न पाउनु भएको भए बुवालाई कति खुशी लाग्थ्यो होला भन्ने लागिरहन्थ्यो ।
५, हरेक कृति प्रकाशन हुनका पछि अनेक उद्देश्य हुन्छन्, यो स्मृतिबिम्ब प्रकाशित भएपछि यस कृतिले नेपाली साहित्यमा छोड्ने मूल्य र प्रेरणा के हुन सक्ला?
– नेपाली साहित्यमा चितवन शिखरबास भन्ने एउटा कवि पनि थिए भन्ने हो ।
***
प्रतिक्रिया
-
४