– दीर्घराज प्रियसी

गजल १,
मनमा  पिर, बारीमा  झार  कति छ  कति छ
हे भगवान!  तेरो अवतार  कती छ  कती छ

साईलीको पनि छोरी भई गल्ली साँघुरो भयो
के सुनाउँ दुःख पिडा सरकार कति छ कति छ

विडम्वना यो भित्ताको कुनै समाचार छैन
भित्ताको टिभीमा समाचार कति छ कति छ

बसेर एकछिन गफ लडाउँ भनीरहेछौ तिमी
घरमा काम छ मलाई हतार कति छ कति छ

जाउँ अब हामी पनि यो किनार छोडेर जाउँ
डुलेर सकिदैन यो किनार कति छ कति छ।

गजल २,
तिम्रो आँखामा बस्छ गाजल सजिलै
अनि पो गर्नेले गर्छन् नक्कल सजिलै

झुपडी बनाउन युग लाग्छ कसैलाई
कसैले ठड्याइदिन्छ महल सजिलै

जिन्दगी फेरबदल हुन जिन्दगी लाग्छ
मन भने भइरहन्छ फेरबदल सजिलै

कहिले तिमीले ठग्यौ कैले जिन्दगीले
म पागल भएको हैन पागल सजिलै

सकिन्छ झैँ लाग्दैन तिमीसँगको प्रेम
सकिन्छ झैँ लाग्दैन तलतल सजिलै।

***

प्रतिक्रिया

सम्बन्धित खवर