
– सुदन लुइटेल
गजल १
ती तिम्रा नयनमा तस्बिर कस्को
चिम्लेर आखा बिर्सिदेउ छ जस्को
फर्केर हेरेउ फेरि किन तिम्ले
तिम्रो हेराइले मुटु चस्स चस्को
तिम्रै यादले होला निदाउन सकिन
उठदा उठ्दै पसिसक्यो झस्को
मिठो सुगन्ध कता बाट आयो
माहुरी खोज्दैछ त्यही फुल रस्को
सपना साकार पार्न आट्ने पो हो कि
आउँदैछु गाउँ टिकट काटी बस्को
गजल २,
महङ्गा हुन्छन लाजका गहना छोपिनु पर्छ
कौतुहलता पैदा गर्ने सुन्दरता रोपिनु पर्छ
छोपिएको लज्जा हेर्दा मज्जा उदाङ्गोमा हुन्न
जालीले छेकेर छेकिँदैन प्रदर्शन रोकिनु पर्छ
चम्कने हिरामा दुष्टहरुको नजर पर्न सक्छ
अ्मुल्य गहना बचाउदै अस्मिता जोगिनु पर्छ
तनमन मिलेसि दिनरात केही सिमा हुदैन
तर पर्दा भित्रै श्वास श्वास ठोकिनु पर्छ
एउटा परिधीभित्र रहेर जीवनको रसपानमा डुब्दै
खुसी भएर एक अर्काको अङ्गालोमा बोकिनु पर्छ
***
प्रतिक्रिया
-
४