– जेनिशा घिमिरे
तिमी सुन आमा म सुनाउछु मेरो रामकहानी ,
सङ्गै बसी आमा छोरीले गरौंला कुराकानी !!
खुशी छु आमा म तिम्रो काखमा बस्न पाउँदा ,
लाग्छ मलाई हरेक सुनौलो दिन अनि बिहानी !!
आमा तिमीले भनेका कुराहरू आज याद आयो,
भन्ने गर्थेउ सबै मानिसको एउटै हुँदैन आनिबानी !!
मान्छेलाई दु:ख कष्ट सधैं नै आउछ यो बुझनुस ,
सोचे झै नहुने कस्तो यो मानिसको जिन्दगानी !!
आमा तिमी महान छौ अनि तिमी नै शृष्टिकर्ता हौ,
अरु को नै छ र तिमी जति दया र ममताको खानि !!
गजल २
जस्तोसुकै खाना नखा भन्नुहुन्छ मेरि आमा
राम्रोसँग दिमाख लगा भन्नुहुन्छ मेरि आमा
गाउँका जस्ता असल साथी सहरमा हुँदैनन्
कसैसँग पनि घुम्न नजा भन्नुहुन्छ मेरि आमा
हुँदैन छोरी हामीजस्तो दुखियाले सुखी बन्नु
अल्छी नगरी खाना पका भन्नुहुन्छ मेरि आमा
घरमा बाबा दिदी भाइ अनि सबैजनालाई
राम्रो काममा सघा भन्नुहुन्छ मेरि आमा
सहरमा गैस छोरी अब राम्रोसँग पढेस् बढेस्
पछि आमा भन्दै रुदै नआ भन्नुहुन्छ मेरि आमा
***
प्रतिक्रिया
-
४
