– दीपा शाही रावत

मुक्तक १,
टाेलाएँ टाेलाउन सम्म टाेलाएँ हात छुटेपछि
वर्षादमा पनि खडेरी  लाग्याे भाग्य लुटेपछि
याे यात्रा अनाैठाे भएर आयाे जीवनमा मेरो
मन तन सारा जलाएँ तिमी अन्तै जुटेपछि

मुक्तक २,
सबथाेक लग त्याे तस्बिर पनि लिएर जाऊ
जल्ने र पाेल्ने सब याद भुल्ने पनि दिएर जाऊ
यात्रा त्याे सब्द भनिदिने छु सपना सपना थियाे
छिया छिया याे मुटु सदाकाे लागि सिएर जाऊ

मुक्तक ३,
म तिम्राे  दिल भित्रकाे आँगनमा फूल्नेछु प्रिय
काँडै काँडा बिचमा पनि फूलझैँ झुल्नेछु  प्रिय
विश्वासकाे    घर    त्याे     हृदयमा  बनाएर !
सुख्खामा  पनि   हरियाली बनी खुल्नेछु प्रिय

मुक्तक ४,
वनपाखा   धाउछु  धाउनै  पर्याे   हजुर    मेला
पुग्नपर्छ  बेलैमा  सबैकाे  साथ हुदै हजुर भेला
डाेकाे डालाे  थिचिएकाे     शिरमा     नाम्लाे !!
गरिबीकाे चपेटामाछु किताब कपि बाेक्ने बेला

मुक्तक ५
नलेखुँ भन्छु  जिन्दगीले लेख्ने बनायाे
सबै  पीडाहरू जिन्दगीले खेप्ने  बनायाे
सदाबहार भए अब आँसु आँखा  भरी
तिम्राे बिश्वास  घात  अब थेग्ने   बनायाे

***

प्रतिक्रिया

सम्बन्धित खवर