-सबिन निरौला

एक्कैछिन पनि रोकिन नसक्ने बानी देखेर
अचम्मित छु यो समयको मनोमानी देखेर

लास सरी सुतेको देखेर काल पनि हेर्छ जान्छ
उसलाई बोझ लाग्दो हो मेरो जिन्दगानी देखेर

कुनै चीजको मोल छैन् कस्तो व्यापार हो यो
मानवता नै बेच्दिने सामु सुन्दर जवानी देखेर

जीवन अभावले भरिपुर्णछ कसलाई के भनौं
मौन छु आफ्नै  घरमा दुःख को खानी देखेर

यहाँ  मिठो  निन्द्रा अनि  सपना अमूल्य  हुन्छ
मुर्खहरु आपसमा लडिरहे महंगो सिरानी देखेर

गजल २
दर्द छ, पिडा छ, लुकेर आँखामा बस्छ
मुस्कानको पंक्षी दिलको हाँगामा बस्छ

तिम्रो भाउ बढ्छ जब जुवाको झैँ गरि
शत्रु मलाई खसाल्ने योजनामा बस्छ

बिश्वास गरेर जो कसैलाई मित्र नठान्नू
सम्बन्ध अचेल रुपियाँ, पैसामा बस्छ

दुनियाँलाई वाह हुन्छ अलग कुरा हो
तर नमिठो अतित मेरो कवितामा बस्छ

***

प्रतिक्रिया

सम्बन्धित खवर