– सम्झना थापा मगर

गजल १
तिम्रो मुटुमा माया भर्न देउ न प्रिय
त्यो मनभित्र बसाइ सर्न देउ न प्रिय

हरेक परिस्थितिहरु आउँछ जीवनमा
सँगै वारपार गरि खाेली तर्न देउ न प्रिय

किन सधैं हेरिरहुँ मात्र लाग्छ मलाई ?
तिम्रो त्यो अधरमा नजर पर्न देउ न प्रिय

केही न केही गरेर देखाउनु छ समाजमा
मलाई उन्नति ,प्रगति गर्न देउ न प्रिय

जीवनमा जस्तोसुकै परिस्थिति आए पनि
मलाई तिम्रै त्यो काखमा मर्न देउ न प्रिय

गजल २

आँधी हुरी जीवनमा हतारमा आउँछ
हेर दु:खद घटना समाचारमा आउँछ

आजभोलि अन्न उत्पादन गर्नु पर्दैन नि
प्याकेज भएर बजार, बजारमा आउँछ

सबैलाई भलो चिताउने काम गर्दागर्दै
किन दु:ख मै माथी बारम्बार आउँछ?

कत्ति पिर चिन्ता नलिनु हजुरले आमा
बर्षाैँ खाडी गएको छाेरा घरमा आउँछ

हत्यारा ,बलात्कारी उम्किन्छन् पैसाकै पावरमा
किन सरकार निर्दाेष व्यक्ति कारागारमा आउँछ ?

***

प्रतिक्रिया

सम्बन्धित खवर