–  टेकेन्द्र सिंह धामी

१,
जस्ले जिन्दगी दिन्छु भन्थ्यो उसैले जिन्दगी डुबायो
हिजो हँसाउने मान्छेले आज बेस्सरी रुवायो
एउटै आमाका सन्तान त छुट्टिएर बस्न बाध्य भए
छुट्टिएको हो हामी पनि, छुट्टाईले मुटु दुखायो

२,
न पालुवा आयो जीवनमा न वसन्त आयो
आउन त आयो केबल आदि र अन्त आयो
हावाको स्पर्समा एक थान पिर पठाइ दिए
खुसी अञ्जुलिमा दु:ख गाग्रीमा आफन्त आयो

३,
दिलको दबाई सच्चा प्रेम अखबारमा पुग्यो
पुग्न त पुग्यो केबल तर काँडेतारमा पुग्यो
आँखा चिम्म गर्दा तिमि आँखा खुल्दा तिमी
सोचे बिगत सम्झे अहिले हतारमा पुग्यो

४,
के संकल्प के साधना कतै बिक्ने छैन
झुटको बजारमा सत्य कतै टिक्ने छैन
भैगो अब नरटाउ पिरतीको सारेगम
जत्ति सिकेँ तिमीबाटै अब सिक्ने छैन

५,
आफूसँग केही नहुँदा कुरा गरेको हुँ
वास्तविकता झेल्दै गर्दा अधुरा गरेको हुँ
गाउँमा ऋण खोज्दा सुक्को नपाए पछि
बाख्रा बेचेर आफ्नो पढाई पुरा गरेको हुँ

***

प्रतिक्रिया

सम्बन्धित खवर