– डा. पुष्करराज भट्ट

कमल सामाजिक सञ्जालमा सक्रिय व्यक्ति हुन् । उनले सामाजिक सञ्जालमा मानवीय जीवनका लागि आवश्यक ज्ञानगुनका कुरा सम्प्रेषण गर्दथे ।
— व्यवहारिक जीवन सम्बन्धित विचार प्रस्तुत गरे ।
— विज्ञान र यसको प्रभावका बारेमा विचार प्रस्तुत गरे ।
— दर्शनका विविध रुप र भौतिकतावादी दर्शनका विषयमा कुरा राखे ।
साहित्य लेखनका विभिन्न पक्षमाथि आफ्ना विचार सञ्जालमा राखे ।
उनका विचार पढ्ने मानिस कति हुन्थे, त्यो उनलाई थाहा हुने कुरा भएन । सामान्य प्रतिक्रिया मात्र आउँथ्यो ।
उनले फेसबुक एपको प्रयोग गरेर आफ्नो उमेरलाई विभिन्न अवस्था अनुसार परिवर्तन गरिएको तस्वीर राखे ।
मानिसहरू अलिअलि चलमल गरे । प्रतिक्रिया आउन थाल्यो ।
उनले फेसबुक एपका माध्यमबाट विपरितलिङ्गी फोटो बनाएर प्रस्तुत गरे ।
परिचित, अपरिचत धेरै मानिसको प्रतिक्रिया आए ।
“वाह गजब । खुब सुहाएको छ नी !”
“अब यही रुप सही छ तपाईँको लागि !”
“कसैलाई नआएको बैंस आएको !”
“पागल भइयो के हो ?”
“तेस्रोलिङ्गी ।”
सबै मानिसका प्रतिक्रिया पढिसकेपछि उनले लेखे, “प्रतिक्रिया जनाउने सबै जनालाई हार्दिक धन्यवाद । मैले सामाजिक मनोविज्ञान जाँच गर्न यस प्रकारका फोटो राखेको थिएँ । मानिसले कुन कुरामा छिटो प्रतिक्रिया दिन्छन् र कुन कुरामा प्रतिक्रिया दिँदैनन् ? यसले उनीहरूको बौद्धिक सामथ्र्य र रुचिको विषय के रहेछ भन्ने ज्ञात भयो । सबैलाई धन्यवाद ।”

***

प्रतिक्रिया

सम्बन्धित खवर