– नवराज न्यौपाने ‘मौन’

पहिले पहिले गाउँमा छँदा बाबाआमाले मरेको पाडोको छाला देखाएर लैनु भैंसी दुहेको देख्दा तिमीले भनेकी थियौ -” पशु न त हो , माया त गर्छ तर मायाको वास्तविक अर्थ नै थाहा हुँदैन । पाडो जीवित छँदा उसलाई दिएको घाँस र कुँडो अाँफैं खोसेर खाइदिन्छ र पनि अहिले बाघको आहारा भैसकेको पाडोको छालामाथि उत्तिकै माया खन्याइरहेछ ।”

शायद तिम्रो त्यो परिभाषामा म पनि पशु परें हुँला , किनकि तिमीले दिएको कृत्रिम र सतही मायालाई मैले वास्तविक गहिरो माया ठानें र आज तिमी अर्कैको भैसक्दा पनि तिम्रो तस्वीरलाई उत्तिकै माया गरिरहेछु ।

***

प्रतिक्रिया

सम्बन्धित खवर