– जितेन चाम्लिङ

गजल १,
बास माग्नेलाई बास सकभर रहन दिनुहोस
गाउंँलाई गाउँ शहरलाई शहर रहन दिनुहोस

हजुर  हजुर  नै  हो यसमा कुनै दुबिधा छैन
बिरबल जि अकबर लाई अकबर रहन दिनुहोस

खै के बाँच्नु र एक्लै जहरलाई अमृत बनाएर
छाडिदिनुस जहरलाई जहर रहन दिनुहोस

नदि किनारमा फुल रोपेर के शोभा होला र
बिचार गर्नुस बगरलाई बगर रहन दिनुहोस

गजल२,
दाजुभाइ नै पछि सरे बृद्ध आमा बा, राख्न
बिडम्बना दुबै अघि सरे जिउनी भागमा राख्न

बिन्ती  छ  बाँचुन्जेल कुरा नकाटी दिनुहोस
पर्दैन, म  मरे पछि  बरु शोक सभा राख्न

तिमिलाई रिसाएर नहेरिदेउ मात्र भनेको हुँ !
काहाँ भनेको छु  र  झिकेर  आँखा राख्न?

पर्दैन यस्तो सुझाब घाममा सुकाइ दिनुस।
महोदय  सुझाउनु  हुन्छ कोहि चम्चा राख्न।

***

प्रतिक्रिया

सम्बन्धित खवर