– प्रतिमा अधिकारी

१,
काम गर्ने कालू यहाँ, मकै खाने भालु हुन्छ
श्रमको शोषण गर्ने साहुँ, ब्यर्थै फेरि ठालु हुन्छ
दिनभरि उघिँरन्छ बसि घुम्ने मेचमाथि
बिबेकहिन, अज्ञानिकै फेरि ठूलो तालु हुन्छ

२,
चिन्ताले मुटु खाएर दुखेँ म
आँशु आहाल बिचमा लुकेँ म
प्रकाशमय जीवन छैन खै किन
लाग्छ भाग्य परिक्षामा चुकेँ म

३,
देखावटि जीवन आमा बाँच्न सकिन
सत्यताको मर्म आमा भाँच्न सकिन
सर्वहित ठानि आमा बोल्दा दुई चार कुरा
शाषकको मान भन्छन्  राख्न सकिन

४,
बाँच्छ मान्छे अपमानमा किरा सरी बनि
स्वार्थै स्वार्थमा पिसिएको जिरा सरी बनी
गुमेपछि गुनगान गाउने समाजमा छौं हामी
मृत्युुपछि तारिफ पाँउछ हिरा सरी भनि

५,
उ भेटमा हातमा हात कुरामा कुरा मिलाउँछ
अती प्यारो गरि चाकडि पुरामा पूरा मिलाउँछ
मुखले राम, राम बक्छ पाउँमै परि के के गर्छ
मौका पर्दा  उहीँ फेरी पिठ्युँबाट छुरा चलाउँछ
***

प्रतिक्रिया

सम्बन्धित खवर