– कुसुम दाहाल

१,
साँचाे साँचाे बाेलेकी छु छलै छैन आमा
जति गरे नि यहाँ मेहनत फलै छैन आमा
शहरकाे रमझम बिर्सायाे  हाेला बाबाआमा
नभन्नु कहिल्यै बिर्सेकाे कुनै पलै छैन आमा

२,
मठमन्दिर धाईसके कहाँ धाउन पर्यो?
अब मेरो मुहारमा नि खुसि छाउन पर्यो
स्वार्थि शहरमा पापि पेट पाल्न गार्हाे भयो
रगत पसिना बेच्छु म मूल्य पाउन पर्यो

३,
दुईदिनकाे होइन जीवनभर बन्नेछ
घामपानिमा ओत लाग्ने घर बन्नेछ
आमाको मनमा घाउ देखेको छाेरा
कि मलम बन्नेछ कि डाक्टर बन्नेछ

४,
चालचलन जीवनशैली ढङ्गै लिएर गयाे
जे थियोे मेरो सबै आफू सँगै लिएर गयाे
मेरो जिन्दगीबाट जाने एउटा मान्छे
जिन्दगीकाे हासाेखुसी रङ्गै लिएर गयो

५,
तिमी बाहेक कसैको लत लागेको छैन्
घाउ भएनि मुटुभरि खत लागेको छैन्
पिरतिले घर न घाट बनाईसक्दा पनि
तिमिसँगकाे प्रेम अझै गलत लागेको छैन्

***

प्रतिक्रिया

सम्बन्धित खवर