
– विनिता न्यौपाने वृन्दा
गजल १
आँखामा सपना राखेर मुटुमा बा-आमा राखेर
म परदेशीनु परेको हो नाङ्गा गोडा काँडामा राखेर
अभाव सम्झिउँ की, पागलपन सम्झिउँ यो
म हाँसी रहेछु आफ्ना रहर चितामा राखेर
कसिंगर पनि किनारा लाग्ने छन् तिम्रो नयनका
साथी एक चोटी त हेर उस्लाई आँखामा राखेर
बिस हो यो चाख्ने प्रयास गर्दै नगर तिमी
जिन्दगी यसरी जिउनु हुँदैन ख्याल ठट्टामा राखेर
म बगैंचामा पनि खुब रमाई रहेको थिएँ
तिमीले ठिक गरेनौ चुडी गमलामा राखेर
गजल २,
मनमा पिर आँखामा रिस लिनु हुँदैन
छोडेर जानेहरुलाई बारबार सम्झिनु हुँदैन्
तिमी मेरो लागि ज्यान दिन सक्छौ नभन न
म बा-आमाको श्वास हुँ यसरी सकिनु हुँदैन
हरेक समस्याको हल भेटिन्छ समस्यामै
यार दुःख आउँदैमा यसरी आतिनु हुँदैन
सुन्दर वस्तु टाढा बाटै सुन्दर देखिन्छन्
बाबु, चन्द्रमा हेरेर हामी लोभीनु हुँदैन
डरलाई डँढेलो लगाउ, दूरी बनाउ
सत्यको पक्ष बोल्न खुम्चिनु हुँदैन
***
प्रतिक्रिया
-
४